दार्चुला, पुस २४
दार्चुलामा वीपी अध्ययन युवा सर्कलको जिल्ला कार्य समिति गठन गरिएको छ । सर्कलको जिल्ला कार्यसमिति अध्यक्षमा सुरज जोशी चयन भएका छन् ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको समाजवादप्रति आस्था राख्ने युवाहरुको साझा चौतारीको रुपमा गठन भएको यो समितिको वरिष्ठ उपाध्यक्षमा महाकाली नगरपालिकाका अमित ऐरी, उपाध्यक्षमा शैल्यशिखरका असोक धामी, नौगाड गाउँपालिकाका रोहित धामी, महिला उपाध्यक्षमा मार्माका भावना सिंह, सचिवमा दुहुँका नरेन्द्र सिंह बडाल, लेकमका दिवाकर जोशी चयन भएका छन् । यस्तै सहसचिवमा ब्याँसकी अन्जली बडू, कोषाध्यक्षमा महाकालीका आतिस सिनाल, सहकोषाध्यक्षमा लेकमकी सरिता गिरीलाई मनोयन गरिएको हो । यस्तै सदस्यमा महाकाली नगरपालिकाका भान बहादुर पाल, सौरव अवस्थी, शैल्यशिखरका सुरेन्द्र सिंह डाँगा, दुहुँ गाउँपालिकाका उपेन्द्र धामी, दिपेन्द्र महरा र मालिकार्जुनका धर्मेन्द्र जोशीलाई चयन गरिएको सर्कलका अध्यक्ष सुरज जोशीले जानकारी दिए ।
वीपीका विचार र लोकतान्त्रिकका समाजवादका विषयहरुलाई छलफल गरि सम्पुर्ण युवाहरुको माझ वीपीका विचारलाई आत्मसात गरी अघि बढ्ने अध्यक्ष जोशीले बताए ।
