Sunday, January 24, 2021

अरनिको आधारभूत विद्यालयको अध्यक्षमा दाउत सर्वसम्मत

 

किशोर तामाङ
पुनर्वास , पुस २४
कंचनपुरको दक्षिणी भेगमा रहेको पुनर्वास नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा लकडाउन अगावै म्याद सकिएका व्यवस्थापन समितिहरु धमाधम गठन भइरहेका छन् ।

यसै क्रममा लकडाउनका कारण रोकिएको पुनर्वास नगरपालिका-२ स्थित अरनिको आधारभूत विद्यालयमा पनि गत २१गते वडाअध्यक्ष शान्त कुमार चौधरीको प्रमुख आतिथ्यमा पुनर्वासका बिनि शिबराज भट्ट संयोजकत्वमा अभिभावक भेला गरी अभिभावक मध्येबाट मिन बहादुर तामाङ, गगा लामा तामाङ, सनसरी तामाङ, पवित्र कुँवर चार जनालाई सदस्यमा मनोनीत गरिएको थियो।

 

उक्त मनोनित सदस्य मध्येको जेष्ठ नागरिक गगालामा तामाङ को अध्यक्षमा शुक्रबार विद्यालयको प्राङ्गणमा बसेको बैठकले दाउत तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन गरेको छ ।

विद्यालयको सर्वाङ्गिण विकास युवा पुस्ताबाट सम्भव हुने भन्दै उक्त बैठकले कुशल युवा व्यवसायी दाउत तामाङलाई विद्यालयको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

विद्यालयको अध्यक्षमा दाउत तामाङलाई सर्वसम्मत चयन गर्दै सदस्यमा मिन बहादुर तामाङ, गगा लामा तामाङ, सनसरी तामाङ, पवित्र कुँवर, अनिता तामाङ,सुममाया तामाङ (वडासदस्य) शिक्षक प्रतिनिधि फुलमाया तामाङ र सदस्य सचिवमा बासुमाया तामाङ चयन भएका छन्।

नव गठित समितिबाट विद्यालयको चौतर्फी विकास हुन्छ भन्ने कुरामा पुर्ण विश्वास लिएको बताउदै स्थानीय अभिभावकले बताए। तामाङले अध्यक्षता ग्रहण गर्दै बिदधलयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन पहिलो अध्ययको रुपमा बिद्यर्थी हरू लाई टाई बेल्ट उपलब्ध गराउने उद्दघोस गरेका छन ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...