Sunday, January 24, 2021

कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालाबन्दी

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिका भित्र बसोवास गर्दै आएका सुकुम्वासीहरुले आईतवार तालाबन्दी गरेका हुन् । आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै उनीहरु तालाबन्दी गरेको सुकुम्वासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले बताए ।

कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसंग भूमिहीन, सुकुम्वासी लगायतलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोगले सम्झौता गरी काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

यस अघि पनि उनिहरुले पुस २० गते मौन जुलुस गरेका थिए । यहाँ करीब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएका छन् ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...