Sunday, January 24, 2021

सुकुम्बासीले पुनर्वासका मेयरलाई ६ घण्टा नगरपालिका भवनमै थुने

 

पुनर्वास, पुस २६  कञ्चनपुरकाे पुनर्वासमा अान्दाेलनरत सुकुम्बासीहरूले नगर प्रमुख जीवन राज थापा लगायत कर्मचारीलाई ६ घण्टा सम्म कार्यालयमै थुनेका छन ।
अाफुले भाेग चलन गर्दै अाएकाे जग्गाकाे लालपुर्जा पाउनु पर्ने र अव्यबस्थित बसाेबास गर्दै अाएका अारक्ष पिडित तथा बाढी पिडित सुकुम्बासीकाे ब्यवस्थापनका लागि अान्दाेलनरत सुकुम्बासीले अाईतबार कञ्चनपुरकाे पुनर्वासका नगरप्रमुख जीवन राज थापा लगायत कर्मचारीलाई ६ घण्टा थुनेका हुन ।
अाईतवार नगरपालिका तनावपूर्ण रह्याे । दिउसाे १ बजे तालाबन्दी गरिए पछि कार्यालयमै थुनिएका नगरप्रमुखलाई बेलुका छ बजे मात्र प्रहरीले स्कटिङ्ग गर्दै सुरक्षित स्थानमा पुर्याएकाे छ । नगरपालिकाकाे प्राङ्गणमा धेरै सँख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएकाे थियाे ।
हजाराैँकाे सँख्यामा अाएका सुकुम्बासीहरूले अाफूहरूकाे मागकाे सम्बाेधन नगरिएकाे भन्दै नगरपालिकामा तालाबन्दी गरेकाे बताएका छन । अाफुहरूले यश अघि ज्ञापन पत्र मार्फत अाफ्नाे माग नगर समक्ष राखेकाे भएता पनि नगरप्रमुख बाट बेवास्ता गरिए पछि तालाबन्दी गर्न बाध्य भएकाे सुकुम्बासी सँघर्ष समितिका सँयाेजक जगत सायरले बताए ।
नगरपालिकाले अाफुहरूकाे मागलाई सकारात्मक रूपमा लिई छलफल नगर्दा सम्म अनिश्चित कालका लागि तालाबन्दी रहने सँघर्ष समितिले जनाएकाे छ ।
कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसंग भूमिहीन, सुकुम्वासी लगायतलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोगले सम्झौता गरी काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

यस अघि पनि उनिहरुले पुस २० गते मौन जुलुस गरेका थिए । यहाँ करीब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएका छन् ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...