Sunday, January 24, 2021

दाङको तुलसीपुरमा श्रममा लागेका बालबालिकाको उद्धार अभियान तिब्र पारिदै

नागरिक आवाज न्युज
तुलसीपुर, २८ पुस
दाङको तुलसीपुर क्षेत्रलाई बालश्रममुक्त बनाउनका लागि श्रममा लागेका बालबालिकाको यतिबेला धमाधम उद्धार अभियान तिब्र पारिएको छ ।

उद्धार अभियान अन्तर्गत आइतबार तीन जना बालश्रमिकको उद्धार गरिएकोमा आज थप दुई जना बालश्रमिकलाई रेष्टुरेन्ट र ग्यारेजबाट उद्धार गरिएको हो ।

दाङ जिल्लाको तुलसीपुर स्थित दोघरेमा रहेको सनरुम रेष्टुरेण्ट र अंकित एण्ड अनुरोध ग्यारेजबाट दुई जना बालकको उद्धार गरिएको हो । श्रममा लागेका १५ वर्षका शेरबहादुर चन्द र सन्दीप चौधरीलाई उद्धार गरिएको तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

उद्धार गरिएका ति बालबालिकालाई अभिभावकको जिम्मा लगाइने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

श्रममा लगाउने होटेल संचालक दिनेश केसी र ग्यारेज संचालक पिताम्बर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बालश्रमिक नराख्ने प्रतिवद्धता गराएर छोडिने प्रहरीले जनाएको छ ।

बालबालिकालाई काममा लगाउन नपाइने कानुनी प्रावधान भएपनि बजारमा बालबालिकालाई श्रममा लगाउने गरेको हुँदा उनिहरुको उद्धार गरी अभिभावकलाई जिम्मा लगाउने र अभिभावकबिहिन बालबालिकालाई स्थानीय सरकारले संरक्षण गर्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

कानुनमा बालबालिकालाई श्रममा लगाउन नपाईने भएपनि कानुनको उल्लंघन गर्दै अहिले पनि अभिभावक तथा विभिन्न रोजगारदाताहरुले बालश्रमिक लगाउने गरेका छन् । बालश्रम राख्ने गरेको पाइएमा १ वर्ष जेल सजाय वा पाँच हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । तुलसीपुर बजारका सबैस्थानमा बालश्रमिकको खोजि गरी उद्धार गरिदै आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । बालश्रमिक राखे नराखेकोबारे मंगलबार होटेल, सैलुन र ग्यारेजमा अनुगमन गरिएकोे हो ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...