Thursday, February 25, 2021

कञ्चनपुरको बेल्डाँडीमा राँगा र गोरु नारेर गाडा जुलुस सहित काँग्रेसले गर्यो बिरोध सभा

कञ्चनपुर , माघ ३
प्रधानमन्त्री केपी ओलिद्वारा गरिएको संसद विघटनको अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काँग्रेसले कञ्चनपुरको बेल्डाँडी र बेलौरीमा बिरोध सभा आयोजना गरेको छ ।

नेपाली काँग्रेसले देशब्यापी रुपमा माघ ३ गते हरेक स्थानीय निकायमा बिरोध प्रदर्शन गर्ने निर्देशन अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाको गकुलपुर र बेल्डाँडीमा बिरोध प्रदर्शन गरिएको हो ।

कञ्चनपुरको बेल्डाँडीमा नेकपाको बेमेल सत्ता लालसाका कारण लोकतन्त्र धरापमा परेको भन्दै राँगा र गोरु नारेर गाडा जुलुसका साथ बिरोध प्रदर्शन गरिएको थियो ।

नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टको प्रमुख आतिथ्यमा जिल्लाको दक्षिणी क्षेत्रका बेलौरी र बेल्डाँडीमा बिरोध प्रदर्शन गरिएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरका क्षेत्रीय प्रतिनिधि तथा पुनर्वास ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन र शवयात्रा समेत रहेका कारण पुनर्वास र लालझाडीमा आज गरिने बिरोध कार्यक्रम स्थगित गरिएको थियो ।

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...