Thursday, February 25, 2021

पुनर्वासमा दुर्घटना हुदा २१ जना घाईते चार जनाकाे अवस्था गम्भिर

 

जुद्ध चाैधरी
पुनर्वास, माघ ३
कञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन । जिल्लाकाे बेलाैरी नगरपालिकामा पर्ने भकुण्डा बाट पिक्निक खाएर फर्किदै गर्दा से १ त ६५०६ नम्बरकाे ट्याक्टर पुनर्वासकाे वार्ड नं.२ मा पर्ने बेलाैरी धनगढी सडक खण्डमा पर्ने कान्छी बजार नजिक पैसठ्ठी बिघा चाेकमा दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परी पुनर्वास नगरपालिका वार्ड नं.२ सिम्रीका चार जनाकाे अवस्था गम्भीर रहेकाे र अन्य १७ जना सामान्य घाईते भएकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाईते भएका चारै जनालाई उपचारका लागि धनगढी पठाईएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताउनु भयाे ।
दुर्घटना परी १४ बर्षिय जीवन खड्का, १७ बर्षिया कल्पना खाती, २२ बर्षिया शान्ति बाेगटी र १५ बर्षिया सुनिता सुनार गम्भीर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।
सामान्य घाईते भएकाहरूकाे अाईबिअारडी स्थित पुनर्वास पाेलिक्लिनक र पुनित मेडिकलमा उपचार भईरहेकाे छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । चालकले मापसे गरी तिब्र गतीमा सवारी चलाउँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे ।

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...