जुद्ध चाैधरी
पुनर्वास, माघ ४
कञ्चनपुरकाे पुनर्वासमा सशस्त्र प्रहरीले ३ सय पैंतालीस अाेटा लागुअाैषध ट्याबलेट सहित दुईजनालाई पक्राउ गरेकाे छ ।
सशस्त्र प्रहरी बाेर्डर अाउट पाेष्ट पुनर्वास ङ गाउँ बाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार ईन्द्र सिँह डाँगाकाे नेतृत्वमा खटिएकाे सशस्त्र प्रहरीकाे टाेलिले अाज बिहान पुनर्वास नगरपालिकाकाे वार्ड नं. ६ मा पर्ने हिमचुलि सामुदायिक वनबाट उनीहरू पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा जिल्लाकाे कृष्णपुर नगरपालिका ७ का समीर राना र पुनर्वास नगरपालिका ७ परासनका खुशिराम राना रहेका छन । उनीहरू बाट ३ सय पैंतालीस थान लागुअाैषध ट्याबलेट, एकथान माेबाईल सेट, नगद १३ हजार चालीस रूपैया , एक थान माेटर साईकलकाे चाबि बरामद गरिएकाे सशस्त्र प्रहरी बाेर्डर अाउट पाेष्ट पुनर्वास पुरानाे भन्सारका प्रहरी निरिक्षक निम भण्डारीले बताउनु भयाे ।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाईएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
