Thursday, April 15, 2021

कञ्चनपुरमा अग्रज पत्रकार धामी सम्मानित

नागरिक आवाज
कञ्चनपुर , माघ ७
सुदुर पश्चिमको कञ्चनपुर स्थित महेन्द्रनगरमा बसेर तीन दशकदेखि अनवरत पत्रकारिता गर्दै आएका अग्रज पत्रकार माधवसिंह धामी सम्मानित भएका छन्।

भिमदत्त नगरपालिकाले आफ्नो ४३ औं वार्षिकोत्सबका अवसरमा अग्रज पत्रकार धामीलाई सम्मान गरेको हो।

जिल्लामा पत्रकारिता र पत्रकारितामा आदर्शको जग बसाउन उल्लेखनीय भूमिका निर्वाह गरेकामा धामीलाई नगरपालिकाले सम्मान गरेको बताइएको छ।

धामी सुदूरपश्चिममा बसेर लामो समय निष्ठा, इमान, आचारसंहिता र पत्रकारिताको मर्यादा जोगाउने गरि पत्रकारिता गर्दै आएका व्यक्तिमा गनिन्छन्।

उनले यस क्षेत्रमा बसेर पत्रकारिताको वृद्धि विकास मात्र होइन मुलुकमा प्रजातन्त्र स्थापनाका लागि ठूलो योगदान गरेका छन्।

धामी नेपाल प्रेस युनियन कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहि जिल्लामा लोकतान्त्रिक पत्रकारहरुको नेतृत्व गरेका अग्रज पत्रकार हुन ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...