कञ्चनपुर माघ ८
जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवान बिष्टले बताए ।

प्रधानमन्त्री केपी ओलिले संसद विघटनको अधिनायकवादी र असंवैधानिक कदमका बिरोधमा नेपाली काँग्रेसले कञ्चनपुरको पुनर्वास ११ स्थित अमरबस्तीमा बिहिवार आयोजित बिरोध सभामा बोल्दै नेता बिष्टले भने -एउटा पार्टी मिलाउन नसक्ने यि कम्युनिस्ट बाट देश चलाउन नसक्ने तथ्य प्रमाणित बनेको छ ।
नेता बिष्टले भने – आपसी डाहाले जनताको वारिस संसद ध्वस्त पार्दै जनमतको गला रेट्ने कम्युनिस्ट लाल गद्दार हुन । कम्युनिस्टहरु सत्ता लिप्सा र अधिनायकवादी शैलीमा सर्व सत्तावादी निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।
जिल्लाको दक्षिणी सीमान्त पुनर्वासको अमरबस्तीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता बिष्टले भने – दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन ।
जब जब देश कठिन अबस्थामा पुग्छ त्यो त्यो बेला काँग्रेसलेनै देश र जनतालाई निकास दिँदै आएको छ अब पनि देशको लोकतन्त्र र जनताको सार्वभौम सत्ता जोगाउन काँग्रेस सडकमा आएको नेता बिष्टले बताए ।
कञ्चनपुरको पुनर्वास स्थित अमरबस्तीमा आयोजित बिरोधसभामा नेकपा र राप्रपा परित्याग गरि एक दर्जन कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेस प्रवेश गर्नेहरुमा ०७४ को स्थानीय निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार नरबहादुर खडका , कृष्ण बहादुर तामाङ , गोरख खड्का नेकपा परित्याग गरि लालबहादुर बोगटी ,दुर्गाबहादुर तामाङ ,बिमला तामाङ ,कृष्ण चौधरी , तारा न्युरे ,धन बहादुर खड्का लगायतका स्थानीय कार्यकर्तालाई नेता बिष्टले काँग्रेसमा भित्र्याएका थिए ।
नेपाली काँग्रेसका वडा सभापति प्रेम्सिंह ठगुन्नाको अध्यक्षतामा आयोजित बिरोध सभामा नगर उपसभापति तुलसी अर्याल , बिद्यार्थी नेता कुलैराज उपाध्यायले मनतब्य राखेको कार्यक्रमको संचालन देवबहादुर सिहले गरेका थिए ।