Thursday, February 25, 2021

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज
कञ्चनपुर , माघ ८
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् ।
प्रधानमन्त्री मन्त्री केपी ओलिद्वारा संसद विघटनको असंवैधानिक र अधिनायकवादी कदमका विरुद्ध नेपाली काँग्रेसले देशब्यापी आन्दोलन गरिरहेको सन्दर्भमा नेता डाक्टर कोइराला जिल्लाको दक्षिणी भेगको बेलौरीमा आउने कार्यक्रम तय भएको नेपाली काँग्रेसका नेता एवं पुर्व साँसद दिवान सिंह बिष्टले बताए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर कोइरालाले माघ ११ गते बिहान १० बजे कञ्चनपुरको बेलौरी स्थित उद्योग वाणिज्य संघको सभाकक्षमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय गरिएको पुर्व साँसद बिष्टले बताए ।

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...