Thursday, February 25, 2021

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत
महेन्द्रनगर , माघ १०
प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए ।
नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस संसद् पुनःस्थापनाकै पक्षमा रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि नै कुठाराघात गरेर जननिर्वाचित संसद् भंग गरेर लोकतन्त्रलाई सखाप पार्न खोजेको बताउँदै महामन्त्री कोइरालाले कांग्रेस ससद पुनःस्थापनाकै पक्षमा रहेको बताए ।
उनले प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा चुनाव नहुने देखिए पछि कांग्रेसले संसद् पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

“अहिले पनि नेकपा पार्टी बैधानिक रुपमा फुटेको छैन,” महामन्त्री कोइरालाले भने, “निर्वाचन आयोगले सूर्य चुनाव चिह्न कसलाई आधिकारिक दिन्छ, नपाउने समूह विरोध गर्छ र आदालत जान्छ, यिनै कारणले पनि वैशाखमा चुनाव हुँदैन ।”

कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि सरकारले कुनै योजना अघि नसारेको कोइरालाको भनाइ रहेको थियो ।

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...