Thursday, February 25, 2021

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत
महेन्द्रनगर , माघ १०
प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले बताए ।
शनिबार सुदुर पश्चिमको कञ्चनपुर पुगेका नेपाली कांग्रेसका नेता डाक्टर कोइरालाले पार्टी कार्यालयमा महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री केपी ओलिले वैशाखमा चुनाव गराउन अथवा माधव नेपाल र प्रचण्डलाई तह लगाउन संसद विघटन गरेकै हैनन भनेर काग्रेस नेता कोईरालाले भने ।

उनले भने ” संसद विघटनको निर्णय अराजनीतिक र असंवैधानिक भएको र संसद पुनर्स्थापनाको विकल्प नभएको ” स्पष्ट पारे ।

पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अबका दिनमा पार्टीभित्रका कुनै पनि इमानदार र निष्ठावान कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए।

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...