Thursday, April 15, 2021

कञ्चनपुरमा प्रथम पेनाल्टी सुटआउट फुटबल प्रतियाेगिता फारवेष्ट ईन्टरनेशनलले आयोजना गर्दै

 

नागरिक आवाज
पुनर्वास, माघ १७
फारवेष्ट ईन्टरनेशनल स्कुलकाे आयाेजनामा आधारभुत तह अन्तरविद्यालय स्तरीय प्रथम फारवेष्ट कप पेनाल्टी सुट अाउट फुटबल प्रतियाेगिता हुने भएकाे छ ।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका १० विकास बस्तीमा रहेकाे श्री फारवेष्ट ईन्टरनेशनल स्कुलकाे अायाेजनामा अाउदाे माघ ३० गते एक दिवशीय पेनाल्टी सुटआउट फुटबल प्रतियाेगिता हुने भएकाे हाे । शनिवार पत्रकार सम्मेलन गरि स्कुलका सँस्थापक काशिराम बाेहराले प्रतियाेगिता बारे जानकारी गराउनु भयाे ।
प्रतियाेगिता पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका गरि जम्मा १६ वटा विद्यालयकाे टिमलाई सहभागी गराउने अायाेजकले जनाएकाे छ । पुनर्वास नगरपालिका वार्ड नं. १० अन्तरगतका २ वटा र लालझाडी गाउँपालिकाकाे एउटा सरकारी विद्यालय बाहेक सबै निजि विद्यालयलाई मात्र समाबेश गराईने अायाेजकले जनाएकाे छ ।
प्रतियाेगिताकाे प्रथम पुरूस्कार ११ हजार एकसय एघार रूपैया, द्वितीय पुरूस्कार ६ हजार छ सय ६६ रूपैया र सर्बाधिक गाेलकर्तालाई एक हजार पाँचसय पचपन्न रूपैया साथै सानदार ट्रफी र मेडल रहेकाे छ । प्रतियाेगिताकाे प्रायाेजक सरस्वती पुस्तक पसल धनगढी,रिदम फलसिलिङ्ग उद्याेग धनगढी, शिद्ददेबी ट्रेडर्स पुनपा १० बिकासबस्ती, प्रशान्त ईलेक्ट्राेनिक्स पुनपा १० बिकासबस्ती, बिष्ट ग्रिल उद्याेग पुनपा १० बिकासबस्ती रहेका छन ।
प्रतियाेगितामा सहभागी हुन माघ २८ गते दिउसाे २ बजे सम्म टिम दर्ता गरिसक्नु पर्ने अायाेजकले जनाएकाे छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...