Thursday, April 15, 2021

नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेला

नागरिक आवाज
काठमाडौं , माघ १७
नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेला एक कार्यक्रमका बिच शनिवार काठमाडौंमा पुर्ब उप प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापति बिमलेन्द्र निधीले उद्घाटन गरेका छन् ।
कार्की ब्याङक्वेट बबरमहलको हल काठमाडौमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन देशभरी बाट करिब एक हजार भन्दा बढी सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको जनाइएको छ ।
पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति निधिले एक भब्य कार्यक्रमका बिच प्रस्तावित, “नेपाल सहकारी बैंक लि.” को प्रारम्भिक भेलाको उदघाटन गरेका थिए ।
“दिगो र गुणस्तरीय सेवाका लागि नेपाल सहकारी बैंक ” भन्ने नाराका साथ स्थापना हुन लागेको नेपालको दोश्रो सहकारी बैंकका रूपमा केही दिनमै सम्पुर्ण प्रक्रिया पूरा गरि दर्ताको प्रक्रियामा जाँदैछ । उक्त भेलामा सुरेन्द्र भण्डारी को अध्यक्षता तदर्थ समिति गठन गर्ने प्रस्ताव कार्यदल सदस्य कार्यक्रम संचालक पुस्प बहादुर पौडेल ले प्रस्तुत गर्नुहुदा सभाले पारित गर्‍यो , अध्यक्ष भण्डारी ले कार्यदल सङ्ग परामर्श गरि २५ सदस्यीय तदर्थ समितिको बिस्तार गर्नु हुनेछ । त्यस्तै कार्यक्रम संचालक पुस्प बहादुर पौडेल ले कार्यदल सदस्य एब्म बिज्ञ समिति संयोजक सहकारी बिद डा. ज्ञानेन्द्र प्रसाद पौडेल लाई प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा प्रस्ताव गर्दा भेलाले पारित गर्‍यो । नेपाल सहकारी बैंक लि. सम्बन्धि अबधारणा पत्र समेत डा. पौडेल ले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम पछि भण्डारी र डा पौडेल लाई सबैले बधाई दिएका थिए । भेलाले पुस्प बहादुर पौडेल बाट प्रस्तुत सम्पूर्ण प्रस्ताव पारित गर्‍यो ।भेलामा बिशिस्ट अतिथि नेपाली कांग्रेस बित्तिय तथा सहकारी बिभाग प्रमुख आनन्द प्रसाद ढुङ्गाना , केन्द्रिय सदस्य श्याम घिमिरे , पुर्ब अर्थ राज्य मन्त्री उदय शमशेर राणा , नेपाल रास्ट्र बैंक पुर्ब गभर्नर डा चिरञ्जीवी नेपाल , सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेल , बिभाग उप प्रमुख गोविन्द बहादुर मल्ल , नेशनल कोअपरेटर्स एलायन्स नेपाल केन्द्रिय अध्यक्ष डिल्लीराम तिवारी , एलायन्सका सह अध्यक्ष एब्म नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद शर्मा , पुर्ब साम्सद धन खतिवडा , महेन्द्र नारायण निधि अस्पताल संस्थापक अध्यक्ष भानुभक्त ढकाल , नेपाल ट्रेड युनियन कांग्रेस पुर्ब अध्यक्ष खिलानाथ दाहाल लगायतका अतिथि रहेका थिए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...