नागरिक आवाज
लालझाडी, माघ १८
परिवार बाल गृहले कञ्चनपुरकाे लालझाडी गाउँपालिकाका अनाथ तथा असाहय बालबालिका लाई शैशिक सामाग्री सहयाेग गरेकाे छ ।
अाईतवार लालझाडी गाउँपालिकाका ३० जना अनाथ तथा असाहाय बालबालिकाका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरीएकाे परिवार बाल गृहका सञ्चालिका सुनिता चाैधरी सानुले बताउनु भयाे । लालझाडीकाे लैङ्गिक समानता सुरक्षा उपशाखा तथा परिवार बाल गृहकाे सँयुक्त अायाेजनामा शैक्षिक सामाग्री बितरण गरिएकाे हाे ।
असाहाय बालबालिका लागि अावश्यक झाेला, कपी, कलम लगायतका शैक्षिक सामाग्री लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक मार्फत हस्तानन्तरण गरिएकाे परिवार बाल गृहका सञ्चालिका सुनिता चाैधरी सानुले जानकारी गराउनु भयाे। परिवार बाल गृहले बिगतका केही बर्ष देखि नै अनाथ तथा असाहय बालबालिकाका लागि विभिन्न सहयाेगका कार्यक्रम गर्दै अाईरहेकाे छ ।
