Thursday, May 13, 2021

कञ्चनपुरको पुनर्वास २ मा किटनाशक झुल बितरण

 

किशोर तामाङ
पुनर्वास माघ २२
कञ्चनपुरकाे पुनर्वास नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औँलोको उच्च जोखिमबाट बच्न स्थानीय तहमा कीटनाशकयुक्त झुल वितरण गरिएको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष शान्त कुमार चौधरी को बिशेष अनुरोध र प्रयासपछि परासन स्वास्थ्य चौकीका ल्याव इन्चार्ज जनक धामीको पहल र नगर शहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज राजेन्द्र भट्टको सहकार्यमा सेभ द चिल्ड्रनद्वारा ६००० झुल (मच्छरदानी) बितरण गरिएको छ। पुनर्वास नगरपालिका वडा नम्बर २ मा ३ जनामा औलो रोगको संक्रमण देखिएपछि वडाध्यक्ष चौधरीले उक्त कार्यका लागि बिशेष पहल चालिदिन परासन स्वास्थ्य चौकीका ल्याव इन्चार्ज धामी र नगर शहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज भट्टलाई अनुरोध गरेपछि धामी र भट्टको पहलमा झुल बितरण गर्न सफल भएको वडाअध्यक्ष चौधरी ले बताए ।

कञ्चनपुरको पुर्नवास नगरपालिकामा आयोजित कार्यक्रममा महाशाखाका निर्देशक डा कृष्ण पौडेलले स्थानीयवासीलाई कीटनाशकयुक्त झुल प्रदान गरी झुल बितरण कार्यक्रमको शुभारम्भ गरेका हुन ।

नगर शहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज राजेन्द्र भट्टले भने किटनाशक झूल तथ्याङ्क सङ्कलन भएको गरे अनुसार औलो प्रभावित क्षेत्रका स्थानीयवासीलाई औँलोको उच्च जोखिमबाट बाच्न स्थानीय तहका वडाका दुई जना व्यक्ति बराबर एक थान झुल उपलब्ध गराइने बताए । उनले भने परिवार मा रहेका वयस्क छोरा, छोरी, विधुवा, विधुर, दीर्घ क्षयरोगी, गर्भवतीलाई भने प्रति व्यक्ति एक थानका दरले झुल उपलब्ध गरेको छ।

यसरीनै परासन स्वास्थ्य चौकीका ल्याव इन्चार्ज जनक धामी भन्नुहुन्छ औलो रोग सार्ने एनोफिलिस लामखुट्टेको आयु कम गरेर औँलो रोग निवारण गर्न सकिन्छ” भन्ने उद्देश्यका साथ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं। २ मा पनि किटनासक झुल बितरण गरिएको हो । उनले भने सन् २०२५ सम्ममा नेपालबाट औँलो रोग निवारण गर्ने लक्ष्य अनुरुप झुल वितरणको कार्यलाई अगाडि बढाइएको छ।। किटनाशक झूल को प्रयोगले “लामखुट्टेको आयु घटाउनका लागि कीटनाशकयुक्त झुलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

किटनाशक झूल बितरण कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष शान्त कुमार चौधरीले आफ्नो वडाका बासिन्दाहरूको स्वास्थ्य सुविधामा थोरै भए पनि योगदान गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आउने दिनहरूमा आझ वडाको बिकासको साथ साथै दिगो स्वास्थ्य सेवा यसै शहरी स्वास्थ्य क्लिनिक मार्फत प्रदान गर्न आफु लागि पर्ने बताए ।

उक्त बितरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरबाट सिद्ध राज भट्ट , सेभ द चिल्ड्रेनका डा।मनोज पाण्डे , निर्देशक डा कृष्ण पौडेल सहितका ब्यक्तित्व हरूको पनि उपस्थिति रहेको थियो।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...