जुद्ध चाैधरी
लालझाडी, माघ २१
जंगली हात्तीकाे बथानले कञ्चनपुरकाे लालझाडी गाउँपालिकामा लाखाैकाे बाली नाेक्सान गरेका छ ।
शुक्लाफाँटा बन्यजन्तु अारक्षबाट अाएका हात्तीकाे बथानले मँगलवार राती लालझाडी गाउँपालिकाकाे वार्ड नं. ३ डुङ्गा गाउँमा प्रबेश गरि किसानले लगाएका गहुँ तथा उखु बाली नाेक्सान गरेका हुन ।
हात्तीले घरवार बाहेक अाफूले राेपेकाे केरा, उखु र गहुँ बालीमा क्षति पुर्याएकाे दयामती देवी धामीले दुखेसाे पाेख्छिन ।
अचानक राती गाउँ छिरेका हात्तीकाे बथानले तरकारी तथा अन्न बालीमा ठुलाे क्षति भएकाे किसानहरू बताउछन । अाय अार्जनकाे मूख्य श्राेत नै कृषि भएकाले स्थानिय सरकारले तत्काल राहत उपलब्ध गराउनु पर्छ भन्नुहुन्छ अर्का किसान टिकादत्त जाेशी ।
लालझाडी गाउँपालिका तीन तिर बाट जँगलले घेरीएकाे गाउँपालिका हाे । त्यसमा पनि डुङ्गा गाउँ नदिकाे तटिय क्षेत्र र शुक्लाफाँटा अारक्ष सँग जाेडिएकाे गाउँ हाे । बर्सेनि दाेदा नदीले बाली नाली नाेक्शान गर्ने गर्दछ । त्यसमाथि यसपालि जँगली हात्तीले खेतबारीकाे बाली नष्ट गरीदिएपछि किसानहरू चिन्तित बनेका छन ।
बिगत लामाे समय देखि यस क्षेत्रमा हात्तीले क्षति पुर्याउदै अाए पनि स्थानिय सरकारले राेकथामका लागि गतिलाे प्रयास थालेकाे छैन । नदी कटान र हात्ती अातंककाे दाेहाेराे चपेटामा परेकाे स्थानियहरू बताउछन । यस्तै स्थिति रहि रह्याे भने अाफूहरूकाे उठीबास हुने खतरा रहेकाे समाजसेवी बल बहादुर केसी बताउछन ।
मापदण्ड निर्धारण गरेर हात्ती पिडितका लागि निवेदनका अाधारमा गाउँपालिकाकाे बैठकबाट पारित हुने राहत उपब्ध गराईने लालझाडी गाउँपालिका वार्ड नं. ३ का वडाध्यक्ष टिकारम डँगाैरा बताउछन । हात्ती अातंक राेक्न गाउँपालिकाले विद्युतिय तारवार र साईरन ठाउँ ठाउँमा जडान गरिसकेकाे बताउदै बडाध्यक्ष डँगाैराले हात्ती अातंककाे राेकथामका लागि गाउँपालिकाले गुरु याेजना बनाई कार्यान्वयन गर्न जरूरी रहेकाे बताउछन ।
