Thursday, April 15, 2021

बन्द समस्याको समाधान होईन यो आम जनता लाई दु:ख दिने काम हो : युवा व्यवसायी साउद

बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहले आह्‍वान गरेको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बन्यो । बिहानैदेखि एक ठाउबाट अर्को ठाउमा जाने सवारीसाधन सञ्चालन हुन सकेका थिएनन् । यसै बिचमा कैलालीको गोदावरीका एक युवकले बन्दको बिरोध गरेका थिए ।

जिल्लाको गोदावरी नगरपालिका २ अत्तरियाका युवा व्यवसायी भोज साउदले बन्द समस्याको समाधान होईन यो आम जनता लाई दुख दिने काम हो भन्दै बन्दको बहिस्कार गरेको बताएका छन् । यस्तो अप्ठयारो परिस्थितीमा पनि गरिखाने बर्गहरुलाई दुख दिने काम गरेको भन्दै आफुले त्यसको बिरोध गरेको बताए ।

बन्दमा छोटो दूरीका सवारीसाधनहरू भने फ्याट्फुट्ट चलेका थिए भने लामो दुरीका सवारीसाधन र पसलहरु पुरै ठप्प थिए ।प्रचण्ड नेपाल समूहका कार्यकर्ताले धनगढीको क्याम्पस रोड, पुष्पलाल चोक, रातो पुल र चटकपुरमा टायर बालेर प्रर्दशन समेत गरेका थिए ।कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको हड्तालको विरोध गरेका थिए।

विद्यार्थीहरुले पढ्न पाउने मौलिक हक कायम गर, सत्ताको सिकार विद्यार्थीलाई बनाउन पाइदैन्, विद्यालय खुला गर, शान्ति क्षेत्रमा अशान्ति फैलाउन पाइदैन् भन्ने नारासहित विरोध प्रर्दशन गरेका हुन्। प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालले बिहानैदेखि धनगढीका क्याम्पस तथा विद्यालय पनि बन्द रहेका थिए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...