Thursday, April 15, 2021

कञ्चनपुरको बेलौरी पुनर्वासमा प्रहरीद्वारा मालसामान बरामद

नागरिक आवाज
कञ्चनपुर , माघ २३
जिल्लाको दक्षिणी सीमान्त बेलौरी र पुनर्वासमा छुट्टाछुट्टै स्थानबाट बिहिवार राती साढे ७२ हजार बराबरको भन्सार छली गरि ल्याइएको मालसामान प्रहरीले बरामद गरेको छ ।

बेलौरी नगरपालिका ७ टेडिया बाट चोरीपैठारी गरि नेपाल ल्याइदै गरेको अन्दाजी १२ हजार ५०० मूल्य बराबरको केराउ र भारतबाट चोरीपैठारी गरि ल्याउदै गरेका अन्दाजी रु ५० हजार मुल्यका दुई थान रेफ्रीजेरेटर बेलौरी २ मटैयाबाट प्रहरीले बरामद गरेको हो भने पुनर्वासको वडा नम्बर ६ स्थित बरालचोकबाट १० हजार मूल्य बराबरको दुई क्विन्टल चिनी प्रहरी बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज कमलकुमार खडकाको नेतृत्वमा गस्तीमा रहेको प्रहरी टोलीले उक्त मालसामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिको मालसामान आबश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खडकाले बताए ।
यसै गरि पुनर्वासमा पनि बिहिबार पुनपा ६ बाट दुई क्विन्टल चिनी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थाई प्रहरी चौकी आइबिआरडीको संयुक्त प्रहरी टोलिले उक्त चिनी बरामद गरि कैलाली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...