Thursday, April 15, 2021

साईन नेपालद्वारा बेदकोटका १ सय पचास जनालाई निःशुल्क कम्बल

हरिलाल जोशी/

बेदकोट–धनगढी स्थित मानवीय सेवामा अनेंकौ प्रयास (साईन नेपाल) नामक संस्थाले कञ्चनपुरको बेदकोट नगरपालिका–६ अन्तर्गतका जेष्ठ नागरिक , एकल महिला ,बृद्ध र असहायहरुलाई निःशुल्क कम्बल बितरण गरेको छ । शुक्रबार नगर प्रमुख अशोक चन्दको प्रमुख आतिथ्यमा न्यानो वितरण कार्यक्रमको आयोजना गर्दै साईन नेपालले वडाका १ सय पचास जना जेष्ठ नागरिक , एकल महिला ,बृद्ध ,अपाङ्गता र असहायहरुलाई कम्बल बितरण गरेको हो । केहि दिन देखि निरन्तर चिसो बढ्दै गएपछि समस्यामा रहेका वर्गहरुलाइ संस्थाले न्यानो लुगा वितरणको कार्यक्रम सञ्चालन गरिरहेकोे संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । त्यस्तै संस्थाले यसै वर्ष सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुका धेरै पालिकाहरुमा पनि बेसहारा वर्गहरुलाई कम्बल वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख चन्दले साईन नेपाल संस्थाले नगरपालिकालाई विगतका वर्षहरु देखि निकै ठुलो राहत प्रदान गरि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नगरपालिका प्रति संस्थाकोे माया र झुकाव यस्तै रहिरहने विश्वास रहेको भन्दै संस्थाका अध्यक्षलाई धन्यवाद पनि व्यक्त गर्नुभएको थियो । सो संस्थाले कञ्चनपुरको बेदकोट नगरपालिका,कैलालीका तीन पालिका ,डोटीका चार पालिका ,अछामको एक पालिका ,बाजुराका दुई पालिका र डडेल्धुराको एक पालिका गरि १६ पालिकाहरुमा आफ्ना विभिन्न राहतका कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...