Thursday, April 15, 2021

नेपाली काँग्रेसका सुभेच्छुक संस्थाद्वारा बिरोध

कञ्चनपुर , माघ २५
नेपाली कांग्रेस शुभेच्छुक संस्थाहरुको आजको बिरोध रेलि तथा शान्ति बाटिकामा सम्पन्न भएको छ ।
कोणसभामा नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद शर्माप्रमुख अतिथि रहनु भएको थियो । कोणसभामा विशेष अतिथि महासचिव भक्त राज भुसाल , केन्द्रिय सदस्य रामहरि न्यौपाने , रामचन्द्र तिवारी , नेपाली कांग्रेस काठमाडौं ६ नम्बरका क्षेत्रीय सभापति श्याम कृष्ण खड्की लगायतका नेताले मन्तव्य व्यक्त गरेका थिए , ने बि संघ, तरुण दल र महिला संघ लगायत पार्टी विभागका केन्द्रिय सदस्यहरुको उपस्थिति थियोे । नेपाल प्रजातान्त्रिक महासंघ काठमाडौं जिल्ला अध्यक्ष अनमोल श्रेष्ठ को सभापतित्वमा सप्पन्न कोणसभामा केन्द्रिय प्रबक्ता कमलराज अधिकारी, केन्द्रिय सदस्य गोविन्द राम परियार, डिल्ली प्रसाद शर्मा आचार्य , पदमनाथ सापकोटा , एक नारायण उपाध्यय, पबित्रा कुमारी शर्मा , लुम्बिनी प्रदेश महासचिव हुम बहादुर खत्री , सदस्य बद्री के सि लगायत पार्टी नेता कार्यक्रता हरुको उत्साहजनक उपस्थिति रहेको थियोे । कोणसभामा प्रमुख अतिथि शर्माले नेकपा सरकारले गरेको असम्बैधानिक कदम संविधान बिपरित भएको हुँदा यश लाई बिरोध गरिएको र नेकपा ले जस्तो उग्रवादी सैलिको आन्दोलन नगरी शान्ति पुर्ण बिरोध प्रदशन गरिएको बताउदै देशमा कानुनी शासनको खिल्ली उडाएर नेपालको बदनाम ओलि र प्रचण्ड- नेपाल ले गरिरहेका छन् , आगामी निर्वाचनमा जनताले नेपाली कांग्रेस लाई खोजी रहेको यसका लागि कांग्रेस पार्टीले सरकारमा हुँदा गरेका राम्रा कामहरू लिएर नेपाल प्रजातान्त्रिक महासंघ ७५३ पालिका स्थरमा बैचारिक अभियान चलाउने तयारी गरेको बताउनुभयो । आजको कार्यक्रम तयारीमा खटिएका बागमती प्रदेश र काठमाडौं जिल्ला समिति लाई धन्यवाद दिदै आगामी दिनमा पार्टी नेता हरु सङ्ग समन्वय गरेर महासंघले कार्यक्रम तय गर्ने बताउनुभयो । नेपाल प्रजातान्त्रिक महासंघ का देश भर आज ब्यानर प्लेकार्ड , नेपाली कांग्रेस झण्डा लिएर प्रदशनमा आएको छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...