Thursday, April 15, 2021

मोहन थ्यायतको पहलमा क्यान्सर पिडित सुकी दमाईलाई ३० हजार आर्थिक सहयोग

क्यान्सर रोगबाट ग्रसित सुकी दमाईलाई अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ ।  अछामको मंगलसेन नगरपालिका वडा नं। ७ की सुकी दमाईको उपचारका लागि  हाल अमेरिकामा रहेका  मोहन थ्यायतको पहलमा ३० हजार आर्थिक सहयोग जुटेको  धनगढीका सामाजिक अभियन्ता मोहन खड्काले बताए ।

आर्थिक अवस्था निकै कमजोर भएको कारण अहिलेसम्म उपचार हुन् नसकेको उनका श्रीमान झन्करे दमाइले बताए ।पहिले पाखुरामा सानो घाउ भएको र अहिले आएर त्यो त्यो पाखुरामा क्यान्सर रोग लागेको उनले बताए । उनको समस्या सुनिसकेपछि अमेरिकामा बस्दै आएका मोहन थ्यायत, ललित चन्द ,भरत बिष्ट ,भरत भन्डारि ,इन्द्रा शाहिको थतर्फबाट सो रकम पठाएको मोहन थ्यायतले  जानकारी दिए ।

सानो पैसा को लागि कसैको मृत्यु नहोस भन्ने उदेश्यका साथ सो रकम पठाएको उनको भनाई छ । पछिल्लो समय थ्यायतले समस्यामा परेका व्यक्तिहरुलाई लाखौं रुपया सयोग गर्दै आएका छ्न् ।  धनगढीका अभियान्ता मोहन खड्काका मार्फत सो  रकम छिटै पिडितलाई हस्तान्तरण हुने जनाएको छ । सुकीको उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्नुका साथै, नगर तथा सरोकारवालालाई पनि सहयोगको माग गरेका छन् ।

सुकीको उपचारका लागि तपाई पनि सहयोग गर्नु चाहानु हुन्छ भने बैँकको खाता नम्बर र सम्पर्क व्यक्तीको बिबरण यसप्रकार रहेको छ ।

खाता नं. ०१९१०९०१७३६०४०१
खातावालाको नाम झंकरे दमाई ।
ग्लोबल आईएमी बैँक मंगलसेन शाखा
सम्पर्क नं. ९७४१७८४५२८
पदम थ्यायत ९८४८४६०६९४
कमल परियार ९८६९६६२३१२
जन्मराज जैसी ९८४२८८०६१७

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...