Thursday, April 15, 2021

काँग्रेसले भोलि कञ्चनपुरमा बिरोध प्रदर्शन नगर्ने

 

कञ्चनपुर फागुन २
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार गर्न लागेको प्रदर्शन कञ्चनपुरमा नगरिने भएको छ ।
जिल्लामा कांग्रेस स्थापनाका लागि महत्वपूर्ण योगदान पुरयाएका नेता गंगादत्त जोशीको निधनको शोकमा सरकारविरुद्धको विरोध प्रदर्शन नगरिने भएको हो ।

संस्थापक नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद जोशीको निधनको शोकमा प्रतिनिधि सभा विघटनको विरोधमा केन्द्रीय कार्यालयले तय गरेको विरोध कार्यक्रम अनुसार गरिने भनिएको प्रदर्शन स्थगित गरिएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए ।

कांग्रेस कञ्चनपुरका पूर्व सभापतिसमेत रहेका नेता जोशीको माघ २८ गते ८५ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । जोशीको निधनमा कांग्रेस कञ्चनपुरले सोमबारसम्म पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सभापति बोहराका अनुसार पार्टीले मंगलबारसम्म जिल्लामा कुनै पनि औपचारिक कार्यक्रमहरु पनि नगर्ने निर्णय गरेको छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...