Thursday, April 15, 2021

सीमा मिचिँदा सरकारले प्रतिवाद गर्न सकेन : नेता साँवद

 

नागरिक आवाज
कञ्चनपुर , फागुन ३
भारत र चीनले सीमामा नेपाली भुमी मिची रहँदा सरकारले प्रतिवाद गर्न नसकेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एनपी साउदले बताए ।

दार्चुला सदरमुकाम खलंगामा सोमबार आयोजित सरकार विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि एक इन्च मिचिए पनि सैह्य नहुने बताएका हुन् ।

“अहिले पनि सीमामा गतिविधिहरु भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली कांग्रेस तयार छ,” नेता साउदले भने ।

उनले राष्ट्रियताका लागि संघर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मानसमेत व्यक्त गरे । “म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरुले राष्ट्रियताका मामिलामा जसरी संघर्ष गर्नुभएको छ, लड्नुभएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलामा गर्न चाहन्छु,” नेता साउदले भने ।

उनले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भनदै आपत्तिसमेत जनाए । “भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईं हो । भारतसँग सीम विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नठाइकन तपाईंहरु आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्‍न हुनुभयो,” नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउदले भने, “चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।”

उनले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताए । “नेपाली कांग्रेस विधिको शासन मान्छ । कानुनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ । सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली कांग्रेस अगाडि बढ्ने छ,” नेता साउदले भने ।

उनले प्रतिनिधि सभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे । “यो सरकारले गरेको काम एक व्यक्ति केपी ओललिे गरेको होइन । यसमा प्रचण्ड पनि, माधव नेपाल पनि, भलनाथ पनि, वामदेव गौतम पनि सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुबैले लिनुपर्छ,” नेता साउदले भने ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...