Thursday, April 15, 2021

नेकपा ओली समुहद्वारा बैतडीमा काँग्रेस नेता सावद माथी आक्रमण

 

नागरिक आवाज
कञ्चनपुर , फागुन ४

नेपाली कांग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी भएका नेता साउद माथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।

उक्त समूहले ढुंगामुढा गर्दा नेता साउदको पेटमा ढुंगा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि कांग्रेसको आमसभा बिथोलिएको थियो ।

उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए ।

नेता भट्टका अनुसार कांग्रेसले आमसभा आयोजना गरेको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको थियो ।

जोशीसहित एक सयजना सोमबार कांग्रेस प्रवेश गरेका थिए । मंगलबारको कार्यक्रममा जोशीले सम्बोधन गर्ने क्रममा ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित संघर्ष समितिका संयोजकसमेत हुन् ।

कार्यक्रमस्थल पंसेरा गाउँ जिल्ला अध्यक्ष पालको गाउँ हो । ‍यसअघिको आम निर्वाचनमा कांग्रेसले आयोजना गरेको कार्यक्रमहरुमा पनि नेकपाले पटक-पटक आक्रमण गर्दै आएको थियो ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...