Thursday, May 13, 2021

भागरथी काण्ड : हत्यामा संलग्न भन्दै प्रहरी गर्यो एक किशोरलाई सार्वजनिक

 

नागरिक आवाज
कञ्चनपुर , फागुन ५
बैतडी दोगडा केदार ७ जडेपानीके किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै एक किशोरलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर भागरथीको बलात्कारपछि गरिएको हत्यामा संलग्न रहेको दाबी गर्दै स्थानीय १७ वर्षीय किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका डीआईजी उत्तमराज सुवेदीले भट्टले नै भागरथीको हत्या गरेको दाबी गरे । “आरोपित व्यक्तिको लोकेसन त्यही घटना स्थलमा भएको देखियो ।” उनले भने, “टेक्निकल इन्भेस्टिगेसनले लोकेशनले त्यही देखाउनु र बयानमा हत्या गरेको स्वीकार गर्नुले नै हत्या निजले गरेको निष्कर्षमा हामी पुगेका हौं ।”

डिआइजी सुबेदीले पत्रकार सम्मेलनमा प्रहरीको अनुसन्धनमा शंका नगरिदिन समेत आग्रह गरे । पत्रकारहरुले कञ्चनपुरको निर्मला पन्तको जस्तो घटनामा नक्कली अभियुक्त खडा गरे जस्तै यो केसमा पनि भयो भने के हुन्छ भन्ने जिज्ञासाको जवाफमा सुवेदीले भने, उनले भागरथी हत्या प्रकरण कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरण जस्तो नहोस् भन्नेमा प्रहरी सतर्क रहेको बताए । “प्रहरीको अनुसन्धानमा शंका नगरिदिन विनम्र अनुरोध गर्छु । त्रुटिरहित ढंगले सबुत संकलन गरेका छौं ।”

माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए ।

जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । घटनाको प्रकृती हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...