जुद्ध चाैधरी
पुनर्वास, फागुन ५
भारतीय वन रक्षककाे नियन्त्रणमा रहेका एक नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेकाे छ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका ६ बस्ने ३० बर्षिय देबराज चाैधरीकाे सशस्त्र प्रहरीले अाज उद्धार गरेकाे हाे ।
पुनर्वास नगरपालिकाकाे स्वामित्वमा रहेकाे वार्ड नं. ९ मा अवस्थित प्यारातालमा माछा मार्ने क्रममा भारतीय वन बिभागले चाैधरीलाई मँगलवार नियन्त्रणमा लिएकाे थियाे । अाज बुधवार दिउँसाे १२ बजे भारतकाे सोठियाना रेन्जर पाेष्टबाट उद्धार गरिएकाे सशस्त्र प्रहरी बलकोो बिओपी बिचफांँटाका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारी ले बताए । नेपाली भुमि मै पर्ने प्यारातालमा माछा मार्दा समेत भारतकाे ज्यादती सहनु पर्ने गरेकाे स्थानियहरुकाे गुनासाे रहेकाे छ । प्यारातालामा माछा मार्नका लागि पुनर्वास नगरपालिकाले टेन्डर अाह्वान समेत गरिसकेकाे अवस्थामा भारतीय वन रक्षकले हस्तक्षेप गर्नु निन्दनीय रहेकाे स्थानियहरू बताउछन ।
