Thursday, April 15, 2021

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज
कञ्चनपुर , फागुन ८

कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ ।

सीमा क्षेत्रबाट बढी रहेको राजश्व छली नियन्त्रणमा सकृयता देखाएको प्रहरीले बेलौरी क्षेत्रका सीमा क्षेत्रबाट १ लाख ५ हजार ७१० मूल्य बराबरको मालसामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाले बताए ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ७ नकैया बाट भन्सार छली पैठारी गरी ल्याएका पलाष्टिकको बाटा थान १५ ,पलाष्टिकको कुर्ची थान २४ ,सिसाको गिलास थान ६९ र मोबिल ३० डिब्वा गरि अ. मुल्य रु.२२,०८० बराबरको समान बरामद गरि आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली पठाईएको प्रहरी निरीक्षक खडकाले बताए ।
यसै गरि प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहा सबाट भंसार छली पैठारी गरी ल्याएका सिलिङ पंखा थान १२ , बिजुलीको चिम १०० वटा,आईरन २ थान अन्दाजी,एलइडी चिम ५० वटा , स्टेण्ट पंखा सानो १६ वटा , स्टेण्ड पंखा ठुलो ३ वटा, होल्डर १० डिब्बा, २ पिन प्लक १० डिब्बा , फेन्सी फेन ३ पाकेट , डाइनामो ८ वटा , मिक्चर जस्तो रातो पेण्ट लगाएको थान १ अन्दाजी मुल्य रु.६१५८०।– समेत गरी जम्मा मुल्य रु ८३६३० बराबरको समान बरामद गरि आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली पठाइएको प्रहरी निरीक्षक खडकाले बताए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...