Thursday, April 15, 2021

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

 

नागरिक आवाज
कञ्चनपुर , फागुन १०
प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको बेतकोट नगरपालिका स्थित दैजीको छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री ओली सामु प्रदर्शन गर्दै गरेकी महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ। निर्मलाको हत्यारा खोइ ? निर्मलालाई न्याय दे लेखिएको टिसर्ट २ जनाले लगाएको र ४ जनाले टिसर्ट नलगाएको अवस्थामा नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...