Thursday, April 15, 2021

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

 

नागरीक आवाज
बेलाैरी , फागुन ११
कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले आफ्नै श्रीमान् ३० वर्षीय ओम कुमार चौधरीको हत्या गरेकी छिन ।
मंगलबार(आज) बिहानै धारिलो हतियार फरुवा प्रहार गरी हत्या गरेकाे प्रहरी समक्ष महिलाले बताएकी छिन । हत्यापछि श्रीमती स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गई आफुले श्रीमानको हत्या गरेको जानकारी गराएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।
जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्दा ओछ्यानमै फरुवाले सांघातिक आक्रमण गरी हत्या गरेको पाइएको बताइएको छ । श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतीलाई काठमाण्डौँमा राखेको आरोपमा उनको हत्या गरेको बसन्ती चौधरीले स्वीकार गरेकी छिन् । उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...