Thursday, April 15, 2021

ब्यवसायीले गरे कञ्चनपुरकाे पुनर्वासका बजार बन्द

जुद्ध चाैधरी

पुनर्वास,फागुन २४ । सिमावर्ती नाका भारतबाट अबैध सामानकाे तस्करी र भन्सार छलिका सामानमा वृद्धि भएकाे भन्दै साेमवार कञ्चनपुरकाे पुनर्वास बजार बन्द गराईएकाे छ । उद्याेग बाणिज्य संघ पुनर्वास शाखाले नगरपालिका भित्रका स्थानिय बजारहरु अाधा दिन दिउसाे १२ बजे सम्मका लागि बन्द गराएकाे हाे ।

उद्याेग बाणिज्य संघले बन्द अाह्वान गरेपछि पुनर्वासका मुख्य बजार अाईबिअारडी बजार र प्रतिभा बजार पूर्ण रुपमा बन्द भएका छन । ब्यवसायीहरुले सिमा नाकामा कडाई गरिनुका साथै भन्सार कार्यालयकाे स्थापनाका लागि स्थानिय निकाय सँग माग समेत गरेका छन । भारतीय सिमा सँग जाेडिएकाे पुनर्वासमा खुला सिमाका कारण विभिन्न चाेरी नाका हुँदै लागू अाैषध जस्ता अबैध सामानका साथै भन्सार छलेर लाखाैँकाे मालसामान भित्रिने गरेकाे स्थानियहरु बताउँछन ।

स्थानिय निकाय सँग सिमा नाका बन्द गर्नका लागि पटक पटक अनुराेध गरेकाे र डेलिगेशन समेत गएता पनि नगरपालिकाले कुनै चासाे नदेखाएपछि साँकेतिक रूपमा बजार बन्द गराउनु परेकाे कञ्चनपुर उद्याेग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण बहादुर तामाङ्ग बताउछन । अझ पनि स्थानिय निकायले चासाे नदेखाए सशक्त अान्दाेलन गरिने उद्याेग बाणिज्य संघ पुनर्वास शाखाले जनाएकाे छ ।

स्थानिय निकाले बेवास्ता गरेमा फागुन २६ गते नगरपालिका घेराउ, तालाबन्दि लगायतका सशक्त अान्दाेलन गरिने उद्याेग बाणिज्य संघले जनाएकाे छ । काेराेनाका कारण देशमा लकडाउन भएपछि स्थानिय स्तरमै कृषि जन्य उत्पादन एवम कुखुरा पालन तर्फ अाकर्षित भएका थिए । तर लकडाउन खुले सँगै अबैध सामानकाे तस्करी तथा भन्सार छलि गरि भारतबाट सामान भित्रन थालेपछि यहाँका ब्यवसायी धारासायी बन्दै गएकाे कञ्चनपुर उद्याेग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण तामाङ्ग बताउछन।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...