जुद्ध चाैधरी
पुनर्वास, फागुन २४
सिमावर्ती नाका भारतबाट अबैध सामानकाे तस्करी र भन्सार छलिका सामानमा वृद्धि भएकाे भन्दै साेमवार कञ्चनपुरकाे पुनर्वास बजार बन्द गराईएकाे छ ।
उद्याेग बाणिज्य संघ पुनर्वास शाखाले नगरपालिका भित्रका स्थानिय बजारहरु अाधा दिन दिउसाे १२ बजे सम्मका लागि बन्द गराएकाे हाे । उद्याेग बाणिज्य संघले बन्द अाह्वान गरेपछि पुनर्वासका मुख्य बजार अाईबिअारडी बजार र प्रतिभा बजार पूर्ण रुपमा बन्द भएका छन ।
ब्यवसायीहरुले सिमा नाकामा कडाई गरिनुका साथै भन्सार कार्यालयकाे स्थापनाका लागि स्थानिय निकाय सँग माग समेत गरेका छन । भारतीय सिमा सँग जाेडिएकाे पुनर्वासमा खुला सिमाका कारण विभिन्न चाेरी नाका हुँदै लागू अाैषध जस्ता अबैध सामानका साथै भन्सार छलेर लाखाैँकाे मालसामान भित्रिने गरेकाे स्थानियहरु बताउँछन ।
स्थानिय निकाय सँग सिमा नाका बन्द गर्नका लागि पटक पटक अनुराेध गरेकाे र डेलिगेशन समेत गएता पनि नगरपालिकाले कुनै चासाे नदेखाएपछि साँकेतिक रूपमा बजार बन्द गराउनु परेकाे कञ्चनपुर उद्याेग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण बहादुर तामाङ्ग बताउछन ।
अझ पनि स्थानिय निकायले चासाे नदेखाए सशक्त अान्दाेलन गरिने उद्याेग बाणिज्य संघ पुनर्वास शाखाले जनाएकाे छ । स्थानिय निकाले बेवास्ता गरेमा फागुन २६ गते नगरपालिका घेराउ, तालाबन्दि लगायतका सशक्त अान्दाेलन गरिने उद्याेग बाणिज्य संघले जनाएकाे छ ।
काेराेनाका कारण देशमा लकडाउन भएपछि स्थानिय स्तरमै कृषि जन्य उत्पादन एवम कुखुरा पालन तर्फ अाकर्षित भएका थिए । तर लकडाउन खुले सँगै अबैध सामानकाे तस्करी तथा भन्सार छलि गरि भारतबाट सामान भित्रन थालेपछि यहाँका ब्यवसायी धारासायी बन्दै गएकाे कञ्चनपुर उद्याेग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण तामाङ्ग बताउछन।
