स्थानीय संस्था नेकोनको सामुदायीक भवन तथा मन्दिर निर्माणका लागी ट्रस्टी सदस्यता वितरण कार्यक्रममा एनआरएनए कनेक्टीकट च्याप्टरले छ हजारको चेक बुझाई ट्रस्टी बनेको छ।सोही समारोहमा स्थानीय समाजसेवी तथा सल्लाहकार पीताम्वर अधिकारीले सम्पूर्ण किस्ता रकम चुक्ता बुझाएका छन् । यस्तै ट्रस्टी उपाध्यक्ष राम ओझा र समाजसेबी दुर्गा आचार्यले किस्ता बुझाएका छन् । एनआरएनए कनेक्टीकट चयाप्टर लाई ट्रस्टी सदस्य हुन एनआरएनए का समाजसेवी माहनुभावहरू बाशुदेव अधिकारी, पदम ठकुराठी, समर बुढाथोकी, दीलु पराजुली, बुद्धीसागर सुवेदी, गोपेन्द्र भट्टराई, कृष्णजीवी पंन्त, सुनील साह, बाबुराम लामा, रामहरी अधिकारी, नेत्रबन्धु पाख्रेल, डा।केशब पौडेल, डा।अर्जुन बन्जाडे, अनुप खनाल, पशुपती पाण्डे, घनश्याम खड्का, कृष्ण पोख्रेल र संन्जीब श्रेष्ठले आर्थीक सहयोग गर्नु भएको थियो। नेकोन ट्रस्टीबोर्डका उपाध्यक्ष राम ओझाको सभापतीत्वमा भएको कार्यक्रममा बरीष्ठ समाजसेवी तथा सल्लाहकार पीताम्बर अधिकारी,स्थानीय संस्था नेकोनका अध्यक्ष नारायण पौडेल, एनआरएनए क्षेत्रीय सदस्य श्री घनश्याम खड्काले वक्तब्य दिएका छन् । यस्तै एनआरएनए कनेक्टीकट च्याप्टर अध्यक्ष हरी प्रसाद जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बरिष्ठ समाजसेवी अर्जुन देवकोटा, गणेश अर्याल, हेमराज गुरुङ बीर ब।गुरुङ, सुदीप अधिकारी, तेजेश बिक्रम मल्ल, बिजेन्द्र मल्ल,कोशाध्क्यक्ष नरेन्द्रदेव पंन्त, लक्ष्मण गरी, यज्ञराज जोशी,उपाध्यक्ष मुना तिवारी,सचिव केपी भट्ट ,कोशाध्यक्ष नारायण ,सदस्य, श्याम कार्की लगायत स्थानीय समाजसेवी लगाएकोहरुको उपस्थिति रहेको थियो ।
