Thursday, April 15, 2021

शुक्लाफाँटाकाे नमुना धार्मिक पर्यटन क्षेत्र मणिकाधाम मेलाको तयारी अन्तिम चरणमा

झलारी चैत ९
कंचनपुरकाे शुक्लाफाँटा नगरपालिका वडानं८मा रहेकाे मणिका धाममा चैत १० गते मेला लाग्ने भएकाे छ।शुक्लाफाँटाकै नमुना पर्यटकिय गन्तव्य मणिकामा यहि चैत ९गते राति रतेडि र १० गते मेला लाग्ने भएकाे छ।प्राचीन समय अनुशारनै शुक्ल नवमि तिथिका दिन वैजनाथ बाबा मणिका धाममा मेला लाग्ने गर्दछ।मेलाकाे पुर्व सन्ध्यामा मन्दिर आसपासकाे क्षेत्रमा सरसफाइ समेत गरिएको छ।आईतवार सशस्त्र प्रहरी वल नेपाल नं३५ शैलेश्वरि कंचनपुरकाे टिमले सरसफाई गरेकाे वैजनाथ धार्मिक तथा पर्यटकिय विकास समिति मणिकाका अध्यक्ष भरत वहादुर ऐरले वताए।मेलालाई मध्यनजर गरि स्टल निर्माण,पार्किङ स्थल,खानेपानि व्यवस्थापन लगायतकाे काम अन्तिम चरणमा पुगेकाेछ।अध्यक्ष ऐरले जानकारि दिए।मणिका धामलाई वैजनाथ वावाका रूपमा मानिदै आऐकाे छ।वैजनाथ वावालाई प्राचिन धार्मिक दिष्टिकाेण वाट पनि शक्तिशाली दिवताका रूपमा पुजापाठ गरिदै आएकाे ईतिहास रहेकाे पाईन्छ।परापुर्व कालमा तराई पाहाड जाने क्रममा विच वाटाेमा पर्ने यश स्थानलाई पवित्र र सुरक्षित मानि बाँस वस्ने गरिएकाे धार्मिक अगुवाहरूकाे भनाई छ।झलारि वजारदेखि करिव ७कि.मि.उत्तरमा अवस्थित मणिका धाम सुन्दर अनि रमणिय क्षेत्र हुदाहुदै पनि प्रचारप्रसार द्विष्टिले ओझेलमा परेकाे स्थानीयले जानकारी दिए।अग्रज हरूले यश ठाँउमा गाई भैंसी चराउदा नजिकै रहेकाे तलावमा मणि भएकाे सर्प देख्दा मणि भएकाे सर्पलाई पुजापाठ गर्दागर्दै यश ठाउँकाे नाम मणिका धाम रहन गएकाे जानकार हरू वताउछन।राना थारूकाे भाषामा शिरलाई मुण भन्ने चलन छ।मणिका मन्दिर क्षेत्र पाहाड हाम्रो शिरमा अवस्थित रहदा थारूकाे मुण शव्दवाट अपभ्रन्स भई मणिका नाम रहन गएकाे भनाई समेत छ।प्रकृतिकाे सुन्दरताले भरिपुर्ण रमणीय वातावरण भएकाले पर्यावरणिय आनन्द संगै धार्मिक आध्यात्मिक लाभलिन समेत उक्त ठाउँमा श्रद्वालु भक्तजन आउने गरेकाे श्री वैजनाथ धार्मिक तथा पर्यटकिय विकास समितिका अध्यक्ष भरत वहादुर ऐरले वताए।विवाह व्रत वन्ध पुजापाठ संगै वैजनाथ वावाकाे दर्शन मात्र गर्नाले मात्रै मनाेकामना पुर्ण हुने धार्मिक विश्वास रहेकाेछ।मनै लाेभ्याउने प्राकृतिक सुन्दर ताल हरियालि मनाेरम वातावरणमा वैजनाथ वावाकाे मन्दिरले गर्दा यहाँ आउने सवैकाे मन लाेभ्याउने गरेकाे समितिका सचिव डम्बरबहादुर ऐरले जानकारि दिए। प्रत्येक बर्स लाग्ने भव्यमेलामा नेपाल तथा भारतका विभिन्न भु-भागवाट हजाराैकाे संख्यामा श्रद्वालु भक्तजन तथा मेलामा व्यवसाय गर्ने व्यवसायीकाे धुईचाेनै लाग्ने गर्दछ।यश बर्स चैत १०गते भव्य मेलाकाे आयाेजना गरिएको छ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...