नागरिक आवाज
पुनर्वास, चैत १२
कञ्चनपुरको पुनर्वासका मनकारी युवा ब्यबसायी तथा समाजसेवी दाउत तामाङ्गले अरनीकाे अाधारभुत विद्यालयका विद्यार्थीलाई आज एक कार्यक्रमका बीच पाेशाक बितरण गरेका छन ।
विहिवार कञ्चनपुरकाे पुनर्वास नगरपालिका २ अरनिबस्तीमा रहेकाे श्री अरनिकाे अाधारभुत विद्यालयमा अध्ययन गरिरहेका १ सय ५० जना छात्र छात्राका लागि टाई बेल्ट र एकथान ड्रमसेट उपलब्ध गराएका हुन ।
सरकारी बिधालय प्रति विद्यार्थीको आकर्षण बढाउन प्रोत्साहित गर्न पोसाक बितरण गरेको मनकारी युवा दाउतले बताए ।
दाउत अरनिको आधारभुत विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष समेत हुन ।
उनी जिल्लाकै सफल युवा निर्माण ब्यबसायी संग संगै अरनिको युवा क्लवका अध्यक्ष समेत रहि समाजसेवाका विभिन्न क्रियाकलापमा सक्रिय रहँदै आएका छन् ।
उनले विभिन्न समयमा विद्यालयलाई सहयाेग गर्दै अाएका छन । विद्यार्थीलाई अनुशासित बनाउन र पाेशाकमा एकरुपता ल्याउन आफ्नै लगानीमा विद्यालयलाई पोसाक बितरण गरेको उनी बताउछन ।
