Thursday, April 15, 2021

महासंघको निर्वाचनका लागि ११ संगठन बिच गठबन्धनको घोषणा

नागरिक आवाज
कञ्चनपुर , चैत १३
आगामी चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा पत्रकारहरुका ११ संगठन हरुको गठबन्धन हुने साझा प्रतिबद्धता सार्वजनिक भएको छ ।

आज जारी साझा प्रतिबद्धताका अनुसार प्रेस संगठन नेपाल, माधव समूह निकट संगठन प्रेस चौतारी नेपाल सहित ११ संगठनको गठबन्ध हुने भएको छ ।

प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारकहरुको हक-हित एवं मिडियाको विकास, प्रबर्द्धन तथा नागरिक अधिकार , लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघको गौरवपूर्ण ऐतिहासिक भूमिकालाई थप सबल र सुदृढ गर्न महासंघको आसन्‍न निर्वाचनलाई प्रतिगामी कमदविरुद्ध स्पष्ट सन्देश दिने गरि गठबन्धन गरिएको साझा प्रतिबद्धता पत्र मार्फत जनाइएको छ ।

प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरि साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गर्न प्रतिबद्ध रहेकोसमेत साझा प्रतिबद्धतामा जनाइएको छ ।

शुक्रबार जारी प्रतिबद्धतामा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष महेश्‍वर दाहाल, प्रेस चौतरी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष उदय जीएमलगायत ११ संगठनका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...