Thursday, April 15, 2021

बेलौरी नगर प्रमुखले बुझाए भन्सार कार्यालयमा ज्ञापन पत्र, बैशाख दोश्रो हप्ता सम्म सुचारु हुने

नागरीक संवाददाता,
बेलौरी, चैत १८ । बेलौरी छोटी भन्सार कार्यालय तथा सीमावर्ती क्षेत्रमा सहज रुपमा आवत जावतका लागी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले कैलाली भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
नगर प्रमुख लगाएत बेलौरी उद्योग बाणिज्य संघकको सँयुक्त टोललीले बुधवार कैलाली भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएका छन । बिगत लामो समय देखी बेलौरीमा रहेको छोटी भन्सार कार्यालय बन्द भए पछी राजश्व सँकलन गर्न समेत कठीनाई रहेको थियो ।
ज्ञापन पत्र हस्तान्तरण गर्दै कैलाली भन्सार कार्यालयका प्रमुख नर बहादुर थापाले भन्सार कार्यालय सुचारुका लागि परिपत्र पठाउने र बैशाख दोश्रो साता सम्म एक जना नायब सुब्बा र दुई जना कार्यालय सहयोगी सहित छोटी भन्सार सुचारु गरी राजश्व सँकलन गरिने बताउनु भयो । तत्काल लाई कम्युटर सहीतको सुबिधा सम्पन्न काया्रृलय नभए पनि रसदि मार्फत राजश्व सँकलन गरिने कैलाली भन्सार कार्यालयका प्रमुख नर बहादुर थापाले बताउनु भयो ।
भन्सार कार्यालय बाट परीपत्र आए लगतै भन्सार कार्यालयको सरसफाई, मर्मत तथा प्रबिधिक सहयोग गरीने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । बेलौरी बाट नगर प्रमुख सहित उद्योग बाणिज्य संघ बेलौरी शाखाका अध्यक्ष टेक बहादुर साउँद, बरिष्ठ उपाध्यक्ष रिा साउँद, बेलौरी नगरपालिका ४ नं. वडाध्यक्ष अर्जुन ढाकाल तथा सदस्य महेश जोशीको सँयुक्त टोलीले ज्ञापन पत्र बुझाएका थिए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...