हरिलाल जोशी/

पुनर्वास – २० औं वार्षिकोत्सब समारोह मनाउदै कुमारी बैंक लिमिटेड शाखा पुनर्वासले मन्दिरमा सरसफाइ कार्यक्रम गरेको छ । शनिबार पुनर्वास नगरपालिका-४ मा अवस्थित कोटिहोम मन्दिर परिसरमा बैंकका कर्मचारीहरुले सरसफाइ कार्यक्रम गर्दै बैंकको वार्षिकोत्सब कार्यक्रम मनाएको हो ।
पुनर्वास नगरपालिका-३ का वडाध्यक्ष कृष्ण तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोही वडाका वडा सचीव रामराज जोशी, कालिका बजार ब्यबस्थापन समितिका प्रतिनिधि लक्ष्मण थापा, समाजसेवी ठाकुरप्रसाद बराल, व्यवसायी खेमराज लामिछाने लगायतका व्यक्तित्वहरुको आतिथ्य रहेको थियो । सरसफाइ कार्यक्रमसंगै पुनर्वासका विभिन्न स्थानमा फोहोर व्यवस्थापनका लागि ७ ओटा डस्टबिन समेत राखिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तामाङले पुनर्वासको फोहोर व्यवस्थापनमा बैंकले देखाएको कदमी निकै राम्रो भएको बताउनुभयो । उहाँले सोही अनुरुप सबै व्यक्ति सरसफाइ तर्फ जिम्मेवार भए बढ्दो वातावरण प्रदुषण पनि रोकिने बताउनुभयो । स्वच्छ, सफा र दुर्गन्ध रहित नगर बनाउन हामी सबैको सहकार्य आवश्यक रहने भएका कारण वार्षिकोत्सब समारोहमा बैंकले सरसफाइ कार्यक्रम राखेको बैंकका पुनर्वास शाखा प्रबन्धक गोपाल जोशीले बताउनुभयो ।