Thursday, May 13, 2021

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी(नेपाल) समुहका तर्फबाट संयुक्त प्यानलका उमेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी(ओली) समुहका अध्यक्षका उम्मेदवार सुरेश सिह धामीलाई ४८ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

माधव सिह धामीले ११७, सुरेश सिह धामीले ६९ र अध्यक्षका अर्का उम्मेदवार शेर बहादुर सिहले २५ मत ल्याएका छन् । उपाध्यक्षमा ओली समुह चौतारीका उम्मेदवार भवानी दत्त भट्ट निर्वाचित भएका छन् । भट्टले आफ्ना प्रत्यासी चौतारी(नेपाल) समुहका नेता ज्ञानेन्द्र महतालाई ३७ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन् ।भट्टले १२३ र महताले ८६ मत ल्याएका थिए । महिला उपाध्यक्षमा हेमन्ती डगौरा(चौधरी) निर्वाचित भएका छन । उनले आफ्ना प्रत्यासी ओली समुह चौतारीका धर्मा रोकायालाई ८८ मतान्तरले हराउँदै महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सचिवमा प्रेस सँगठनका नेता राजेन्द्र प्रशाद अवस्थी निर्वाचित भएका छन् ।

उनले चौतारी(ओली समुह)का उम्मेदवार गणेशदत्त भट्टलाई ३० मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित एका छन । अवस्थीले ११९ र भट्टले ८९ मत ल्याएका थिए । सह सचिव खुला तर्फ चौतारी ओली समुहबाट तर्फबाट उम्मेदवार भएर मिडिया मञ्चका नेता धुर्व राज अवस्थी निर्वाचित भएका छन् । अवस्थीले धामीलाई १३ मतको अन्तरले हराउँदै सहसचिवमा निर्वाचित भएका हुन । अवस्थीले ११३ र धामीले ९४ मत ल्याएका थिए । सह सचिव (समावेशी) तर्फ प्रेस सेन्टरका पहिलाद रानाले भारी मत ८४ मतको अन्तरले चौतारी ओली समुहकी उम्मेदवार रजनी रानालाई हराएको हो । पहिलाद रानाले १४५ र रजनीले ५७ मत ल्याएकी थिईन् ।

प्रेस यूनियनका जयदेव जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी प्रेस चौतारी(ओली समुह)का उम्मेदबार हरिशचन्द्र बागलाई ५९ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भए । जोशीले १२२, बागले ६३ अर्का कोषाध्यक्षका उम्मेदवार नेकपा बैद्य निकट क्रान्तिकारीका नेता धनन्यज अवस्थीले २६ मत ल्याएका थिए । महिला सदस्यमा प्रेस सेन्टरकी उम्मेदवार रिना अधिकारीले भारी मतले चौतारी (ओली समुह)की उम्मेदवार लक्ष्मी सेठीलाई १ सय १ मतको अन्तरले हराउँदै महिला सदस्यमा निर्वाचित भएकी हुन् । प्रेस सेन्टर नेपालका नेता कृष्ण ब. दमाईले चौतारी ओली समुहका उम्मेदवार बिमल कुमार विकलाई ७० मतको अन्तरले हराउँदै दलित सदस्यमा निर्वाचित भएका छन् । खुला सदस्य तर्फ सबैभन्दा बढी प्रेस चौतारी नेपाल समुहका उम्मेदवार सरोज धामीले १२४ मत ल्याएका छन ।

यस्तै प्रेस चौतारी नेपाल समुहका सदस्यका उम्मेदवार कमल विक, प्रेस यूनियनका किशोर बहादुर तामाङ्ग ९६, प्रेस संगठनका प्रेमराज (पदम)भट्टले ९१, प्रेस चौतारी नेपाल(ओली समुहका उम्मेदवार) होमनाथ योगीले पनि ९१ मत ल्याएका थिए । प्रेस संगठनका बीरसिह ऐरी ९९, प्रेस यूनियनका रमेश भट्ट, प्रेस चौतारी ओली समुहका अर्जुन बहादुर सिह र प्रेस यूनियनका देवेन्द्र खड्काले बराबर ९०÷९०मत ल्याएका छन् । समावेसी सदस्य तर्फ प्रेस संगठनका नेता विकास सिह महता(धन बहादुर महता), आदिवासी सदस्य तर्फ प्रेस चौतारी(नेपाल समुहका) लाल बहादुर चौधरी र मधेशी सदस्यबाट प्रेस यूनियनका नेता गम्भिर लाल उराउ निर्विरोध निर्वाचित भएका थिए । केन्दीय प्रतिनिधीमा प्रेस संगठनका नेताद्वय केशव राज जोशी, देवराज साउद निर्वाचित भएका छन् ।

प्रेस चौतारी(नेपाल समुहका जनकराज अवस्थी, प्रेस यूनियनका नेता हरिश भट्ट, डिआर पन्त, विक्रम गिरी निर्वाचित भएका छन । यस्तै कञ्चनपुरबाट प्रदेश सुप तर्फ अध्यक्ष ओली समुह(चौतारी)का उम्मेदवार कृष्ण ओली ६८, प्रेस यूनियनका योगेश रावल १४१, उपाध्यक्षमा चौतारी ओली समुहका उम्मेदवार लक्ष्मण तिवारी १३६, यूनियनका उम्मेदवार योगेन्द्र बलायरका ८०, महासचिवमा प्रेस संगठन नेपालका उम्मेदवार रामसिह ठगुन्नाका १३७ र ओली समुहका शिवराज भट्टका ७४, सचिव समावेसी तर्फ प्रेस चुनारा १४१, बल बहादुर चताराका ४८, सचिवमा नरेन्द्र सिह कार्की ६१, हरि प्रशाद जोशी १३८, कोषाध्यक्ष दुर्गा उपाध्यक्ष ११८, क्रमस नरेश कुमार शाही २८, राम बहादुर धामी ६३ले मत ल्याएका थिए ।

त्यसैगरी सदस्य प्रदेश परिषद्मा इश्वर बडू, अरुण प्रसाद भट्ट करणदत्त अवस्थी, कृष्णदेव पन्त, खडक कोली, दमन चन्द, दिपेन्द्र बस्नेत, धन बहादुर चौधरी, धरणीधर भट्ट, निलम पनेरु, पदम राज बोहरा, बलदेव अवस्थी, बासुदेव भट्ट(शितल, विर बहादुर चन्द(बिश्राम), राजेन्द्र प्रसाद पनेरु, राजकुमार भण्डारी र सर्मिला जैरु निर्विरोध निर्वाचित भएका छन् । पत्रकार महासंघ शाखा कञ्चनपुर, सुप प्रदेश सहित केन्द्रीय समितिको नयाँ कार्य समितिका लागि बुधबार निर्वाचन भएको थियो ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...