Thursday, May 13, 2021

काँग्रेस द्वारा पुनर्वासमा शुभकामना आदानप्रदान , पत्रकारलाई गरियो सम्मान

नागरिक आवाज
कंचनपुर, बैशाख २
कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेस नगर कमिटीले आयोजना गरेको नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित ६ जना पत्रकारहरुलाई सम्मान गरिएको छ ।
नेपाली काँग्रेस पुनर्वास नगर कमिटीले नव निर्वाचित नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह , पत्रकार महासंघ कैलालीका उपाध्यक्ष हरिश बिक , महासंघ कैलालीका कोषाध्यक्ष लक्ष्मी जैसी , नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य दीपेन्द्र बस्नेत , नेपाल पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सदस्य द्वय किशोर कुमार तामाङ र रमेश भट्टलाई नेपाली काँग्रेस कंचनपुरका नेता एवं पुर्व साँसद दिवान बिष्टले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
नव वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेता बिष्टले भने “पुर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको नेपाली काँग्रेस मात्रै एउटा पार्टी हो जसले पत्रकार र प्रेस जगतको सम्मान गर्दछ ।”
लोकतन्त्रका पक्षमा र ओझेलमा परेको समुदायका समस्या उजागर गर्न नव निर्वाचित पत्रकार साथीहरुको प्रयास अझ बढी सार्थक बनोस् भन्ने शुभकामना नेता बिष्टले दिए ।
नेता बिष्टले भने “जिल्ला र क्षेत्रको बिकास र नेतृत्व यहिको मान्छेले राम्रो संग गर्न सक्छ बाहिरबाट आयात गरेर ल्याइएको कुनै पनि ब्यक्तिले जनताको मन जित्न सक्दैन ।”
पुनर्वास नगर सभापति यमप्रसाद पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कंचनपुरका उपसभापति बन्धुराम राना बिशिस्ट अतिथि रहेका थिए ।
सो कार्यक्रममा क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , महासमिति सदस्य भरत बिष्ट , महाधिवेशन प्रतिनिधि हरेन्द्र बिष्ट , बिन्दु श्रेष्ठ , पुनर्वास नगरपालिकाका मेयर उम्मेदवार तोयप्रसाद पौडेल , उपमेयर उम्मेदवार भुलिया राना , अमरजन साउद , लगायतका नेताहरुले मनतब्य राखेका थिए ।
हरिप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन नगर सचिव लोकबहादुर कार्कीले गरेका थिए ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...