Thursday, May 13, 2021

सशस्त्र प्रहरी द्वारा नेपाल भारत सिमा क्षेत्रबाट लागू अाैषध बरामद

नागरिक संवाददाता/

पुनर्वास, बैशाख ११ । सशस्त्र प्रहरी बाेर्डर अाउट पाेष्ट पुनर्वासले नेपाल भारत सिमा क्षेत्र बाट लागू अाैषध बरामद गरेकाे छ ।

शनिवार दिउँसाे १ बजेकाे समयमा कञ्चनपुरकाे पुनर्वास नगरपालिका ६ मा पर्ने नेपाल भारत सिमा सँग जाेडिएकाे हिमचुलि सामुदायिक वन क्षेत्र बाट सशस्त्र प्रहरीले लागू अाैषध बरामद गरेकाे हाे।

भारत बाट नेपाल तर्फ अाईरहेकाे दुईजना सवार से १ प १८३१ नम्बरकाे स्कुटर चेकजाँच गर्दा स्पामाेडक क्यापशुल छ थान, नाईट्राभेट-10 नामक लागू अाैषध ४ थान र १२९ ग्राम कालाे चरेश सहित दुईजना लाई पक्राउ गरिएकाे बिअाेपि पुनर्वासका सशस्त्र प्रहरी निरिक्षक निम भण्डारीले जानकारी गराउनु भयाे। पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका ३ जानकी टाेल बस्ने १७/१७ बर्षका अायुष कुवँर र पुस्कर शाहि रहेका छन । अावश्यक कार्बाहिका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पठाईकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...