Thursday, May 13, 2021

कञ्चनपुरको पुनर्वासमा पनि लकडाउन गर्ने निर्णय, बिद्यालय र नेपाल-भारत सिमा बन्द हुने

 

किशोर तामाङ
पुनर्वास ,कञ्चनपुर २०७८ बैशाख १४

जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले सोमबारदेखि रात्रिकालिन लकडाउन गर्ने निर्णय गरेसंगै कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको बिपद ब्यवस्थापन समितिले पनि आपतकालिन बैठक बसी कोरोना भाईरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

बिपद ब्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख श्री जीवनराज थापाज्युको अध्यक्षतामा कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि नगरलाई कसरी सुरक्षित राख्ने भन्ने बिषयमा पुनर्वास नगर कार्यपालिकाको कार्यालयको सभाहलमा बृहत छलफल गरिएको थियो ।

नगरपालिकाको मंगलबार बसेको बैठकले कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बाट जारी भएको आदेशको पुर्ण पालना गर्ने गराउने , मुख्यतः कोरोना भाईरस कोभिड १९ को संक्रमण दिनानुदुन बढ्दै बिकराल रुप लिन सक्ने संभावनालाई मध्यनजर गर्दै यस पुनर्वास नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिध्यालयहरु भौतिक रुपमा उपस्थित भै हुने पठनपाठन २०७८ बैशाख १५ देखी अर्को सुचना जारी नभएसम्मको लागी बन्द गर्ने पुर्व निर्धारित परिक्षाहरु हाललाई स्थगित गर्ने निर्णय गरियो साथै सम्भव भएका बिध्यालयहरुले बैकल्पिक माध्यमबाट पठन पाठन गर्ने गराउने निर्णय गरिएको बिपद ब्यवस्थापन फोकल पर्सन श्री ओमनाथ ढकालले जानकारी दिनुभयो ।

बिपत ब्यवस्थापन समिति को बैठकले हाललाई पुनर्वास नगरपालिका का सम्पुर्ण खुला नाकाबाट अबैध रुपमा भैरहेको आवत जावत लाई पुर्ण रुपमा बन्द गर्ने, यस नगरपालिका भित्र भारत बाट भित्रीने सबै ब्यक्तीहरुले अनीबार्य रुपमा कोरोना परिक्षण गरी आईसोलेसन तथा एकान्तबास मा कम्तीमा १४ दिन बस्ने र सोको जानकारी सम्बन्धीत वडा कार्यालयलाई गराउनहुन अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसरीनै बैठकले त्रिभुवनवस्ती स्वास्थ्यचौकी मा रहेको कोभिड अस्पताल अक्सिजन सिलिण्डर लगायत का अती आवश्यक स्वास्थ्य सामाग्रीको ब्यवस्था गरी अस्पतालको क्षमता बृद्दी गर्ने र आवश्यकता अनुसार आईसोलेसन सेन्टरहरु स्थापना गर्ने , किसानहरुले गहु काटेपछी खेतमा गहुको छवालीमा आगो लगाउनाले हावाहुरी को समयमा आगलागी बाट जनधन को क्षती हुन सक्ने र बातावरणिय दुष्प्रभाव पर्ने हुँदा सम्पुर्ण कृषकहरुलाई सो कार्य नगर्नहुन अनुरोध गर्ने , नगरपालिका मातहतका सम्पुर्ण वडा कार्यालय, बिषयगत शाखा लगायत सम्पुर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले अयखष्म९ ज्ञढ सम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गरी गराई सेवा प्रवाह गर्ने , बिवाह ,ब्रतबन्ध लगायत का धार्मिक तथा सामाजिक कार्यहरुमा अनावश्यक भिडभाड गर्ने काम , डि।जे। बजाउने काम नगर्न नगराउन हुन सबैलाई अनुरोध गर्ने , सम्पुर्ण नगरवासि हरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लागाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्कनहुन अपिल गर्ने , यस नगरपालिका भित्रका सम्पुर्ण वडा कार्यालय तथा सुरक्षा निकाय हरुले ऋयखष्म९ज्ञढ जनचेतनामुलक कार्यक्रम तथा प्रचार प्रशार गर्न अनुरोध गर्ने जस्ता निर्णय हरु गरिएकोे पुनर्वास नगर बिपद ब्यवस्थापन फोकल पर्सन ढकालले जानकारी दिनुभयो ।

नगर उपप्रमुख शरदा बिष्टले नगरबासिहरुमा गत बर्षदेखि नै कोभिड १९ कोरना भाइरसले सबैलाइ सताइ रहेको तितो यथार्थ स्मरण गराउदै आजको अवस्थामा यस पालि त झन ठुलो महामारीको रुपमा देखा परिरहेको जानकारी दिदे , यति सुन्दर मानव जिवनलाइ सानो लापरबाहीले कोरोना ग्रस्त बन्न दिनु हुँदैन , सबैको रक्षाका लागि सभ्य नागरिकको परिचय दिइ मानव रक्षा गरौ भनी सामाजिक सञ्जाल मार्फत कोरोना कहर बाट आफु बचौ र अरुलाई पनि बचाऔ भन्दै अपिल गरेका छन ।

यसरीनै पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले कोरोना भाइरस कोभिड १९ बारे बेलैमा सचेत नबने यसले गम्भीर परिणाम निस्किने निश्चित देखिन्छ ।आज भोलि यसो बिचार गरी हेरदा नगरवासीहरुमा जनस्वास्थ्यका मापदण्ड पटक्कै लागु भएको देखिन्दैन , संक्रमणको बृद्धि दरले भयावह रुप लिन सक्ने सम्भावन प्रबल रहेको हुदा नगरवासीको धनजनको सुरक्षा हेतु आपलकालिन बिपद ब्यवस्थपन समितिको बैठाक बोलाई अर्को सुचना जारी नहुन्जेल सम्मका लागि यी निर्णयहरु गरिएको नगर प्रमुख जीवन राज थापाले बताउनुभयो ।

प्रारम्भिक चरणमा हामी सबैले सामाजिक दुरी कायम गर्दै मास्क सेनिटाईजरको प्रयोग गरी यस महामारी बाट केही हदसम्म बच्न सकिन्छ। आफु बचौ र अरुलाई पनि बचाऔ। नगर द्धारा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि जारी गरिएका निति नियमहरु अनुशाशित र ईमान्दारिताका साथ पालन गर्न र गराउनु हुन नगरवासीहरुमा नगर प्रमुख थापाले अपिल गर्नुभएको छ ।

पुनर्वास नगर कार्यपालिका कार्यालयको सभाहलमा सम्पन्न बिपद ब्यवस्थापन समितिका बैठकमा नगर प्रमुख , जिवनराज थापा, नगर उप –प्रमुख , शारदा बिष्ट , नि.प्रमुख प्रशासकिय अधिकृत , शिवराज भट्ट,वडा अध्यक्ष वडाअध्यक्षहरु , प्रताप वहादुर चन्द, कुमार चौधरी,  कृष्ण वहादुर तामाङ , प्रेम वहादुर बस्नेत, विर वहादुर वोगटी, मन वहादुर गुरूङ, राम दुलारे राना, राना श्रवण , नारायण प्रसाद जैशी, सुकदेव राना,  तुलसी अर्याल ,नगर प्रवक्ता  भारमल सुनार रहनुभएको थियोृ भने यसरीनै उक्त बैठकमा ने.क.पा.ए मा ले पार्टी प्रतिनिधी श्री स्थिर प्रशाद घिमिरे, नेपाली कांग्रेश नगर सभापती , यम प्रशाद पौडेल, समाजसेवी श्री पदम पुजारा, उध्योग बाणिज्य संघ पुनर्वास अध्यक्ष कृष्ण बहादुर तामाङ, नि.ईलाका प्रहरी कार्यालय प्रमुख ,सशस्त्र प्रहरी बि.ओ..पि.बिचफाटा प्रमुख स.प्र.नी. सुमन अधिकारी,सशस्त्र प्रहरी बि.ओ..पि ।वडा नं। १० प्रमुख स.प्र.नी. प्रेम सिंह ठकुल्ला,सशस्त्र प्रहरी बि.ओ..पि वडा नं। ६ प्रमुख स। प्र।नी।  निम भण्डारी ,सशस्त्र प्रहरी बि.ओ..पि वडा नं ११ डोकेबजार प्रमुख स.प्र.नी.श्री लक्ष्मण जोशी,सशस्त्र प्रहरी बि.ओ..पि आपताल प्रमुख श्री गंगा दत्त जोशी,सशस्त्र प्रहरी बि.ओ..पि कंकड।प्रमुख  कमलेश भट्ट,उप.संयोजक स्वास्थ्य शाखा  कल्पना पौडेल, रेडक्रस सभापती  युवराज सुयल,अध्यक्ष राडा नेपाल  राजेन्द्र सिं धामी ,संचारकर्मी  किशोर तामाङ,समाजसेवी पदम थापा,समाजसेवी सुकमाया मोक्तान,समाजसेवी पार्वती हमाल,समाजसेवी देवी पौडेल, र बिपद ब्यवस्थापन सम्पर्क ब्यक्ती  ओमनाथ ढकालको उपस्थिति रहेको थियो ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...