Thursday, May 13, 2021

कोरोना रोगको समाधान ज्योतिष विज्ञानदेखि आयुर्वेद सम्म

अहिले विश्वलाई आक्रान्त पार्ने रोग कोरोना हो । आधुनिक विज्ञानले कोरोना रोगका विभिन्न लक्षणहरु औल्याएका छन् । कोराना संक्रमित हुनु पूर्व स्वास प्रश्वासमा कमि वा स्वास फेर्नमा कठिनाई हुने, उच्च ज्वरो आउने, चिसो लाग्ने , मांसपेशी वा जिउ दुख्ने, वान्ता हुने, पखाला लाग्ने, स्वाद र गन्धमा ह्रास आउने, रुघा र खोकी लाग्ने आदि समस्याहरु देखा पर्दछन्। त्यसलाई नै कोरोना लाग्नु भनिएको छ । यो रोगले असर गर्नै महत्वपूर्ण स्थानहरुमध्ये शिर, फोक्सो, छाति, पेट,घाँटी, पाचनसंयन्त्र आदिमा असर गरिरहेको हुन्छ । यस रोगले असर पार्ने स्थान र लक्षण लाई आधार मानेर ज्योतिष र आयुर्वेदमा हेर्नेे हो भने महर्षि पाणिनीले ज्योतिष लाई वेदमा वेदकै अंग ज्योतिषामयनं चक्षुः ( पाणिनीय शिक्षा ४१।४२ ) अर्थात् वेदरुपी वृक्षमा ज्योतिष नेत्र हो । जसरी मनुष्य आखाँ नभएपछि अन्धो हुन्छ ठीक त्यसैगरी बिना ज्योतिषको वेद अन्धो हुन जान्छ ।

तिथीनक्षत्रयोगानां मुहूर्तकरणात्मकम् । कालस्य वेदनार्थ तु ज्योर्तिज्ञान पुरानघ ।। ( महाभारत अश्वमेध पर्व अ.९२ दाक्षिणात्य ) अर्थात् तिथी ,नक्षत्र , योग , मुहूर्त , करण, कालको ज्ञानका प्राप्तिका निमित्त ज्योतिष शास्त्रको निर्माण गरिएको हो । यसरी हेर्दा चन्द्रसूर्यादीनां ज्योतिर्मयाणामाकाशीयपिण्डामध्यययनविषयकं शास्त्रंज्यौतिषमिति कथ्यते । अर्थात् चन्द्र सूर्यादि ग्रह ज्योति दिने आकाशीय पिण्डहरुको अध्ययन गर्नै विषय नै ज्योतिषशास्त्र हो । यत् पिण्डे तत् बह्माण्डे अर्थात् पिण्डमा जे जति हुन्छ त्यो कुरा यस बह्माण्डमा पनि लागु हुन्छ । होरारत्न मा भनिएको छ हन्यते दुर्बलं दैवं पौरुषेण विपश्चिता । अर्थात् मनुष्यलाई दुःख पर्दा ज्योतिषले त्यस अनुकुल समाधान दिने काम गर्छ । कारोना रोगलाई बुझ्न ज्योतिषशास्त्रमा नौ ग्रहरुमध्ये मंगल ग्रहलाई जान्न जरुरी हुन्छ । के हो त मंगल ग्रह ?

( संक्षिप्तमा )

ज्योतिषशास्त्र अनुसार मंगल ग्रहको सामान्य स्वभाव अनुसार यो द्विस्वभाव, पाप, उग्र, रक्त ( रातो) वर्णमा पर्दछ । यो मार्गी ( सुल्टो ) वक्री (उल्टो ं) दुवै तरिकाले हिड्ने गर्छ । यसले राम्रो र नराम्रो दुवै फल दिने गर्छ । रसमा तितो, गुण अन्र्तगत तमोगुण, शारिरिक धातुमा मांसपेशी,यकृत (कलेजो ), फोक्सो, पाचनतन्त्र लाई हेर्ने गर्छ । दोषमा पित्त प्रकृति को ग्रह हो । यसको धातु तामा हो । ( श्रोत: मानसागरी, लघुजातकम्, उत्तरकालामृत् ) ज्योतिष र आर्युवेद निरूपण ज्योतिषशास्त्रानुसार मंगल तमोगुणी ग्रह हो । तमोगुणलाई सन्तुलन गर्ने काम मंगल ग्रहको हो । तमोगुण कति बेला बढ्छ त भन्ने प्रश्नमा तामसिक भोजन ( खाना) बढि भएमा बढ्ने गर्छ । के हो त तामसिक खाना भन्नाले यातयामं गतरसं पूति पर्युषितं च यत् । उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।। श्रीमद्भगवद्गीता अध्याय १७ ।१० श्लोक अर्थात् जो भोजन आधा पाकेको खाना, रसरहित खाना, दुर्गन्धयुक्त खाना (मदिरा,प्याज,लसुन), बासीयुक्त खाना, जुठो र एकदमै अपवित्र ( माछा,मासु, अण्डा आदि ) खाना तामसी खाना हुन् । तामसी भोजन बढि भएमा पित्तको मात्रा बढ्ने गर्छ । अतः पित्त नबढोस् भन्ने चाहनु हुन्छ भने तामसी भोजन कम गर्दै गर्नुहोला । मंगल ग्रहले पित्त प्रकृतिलाई हेर्ने गर्छ । पित्त भन्नाले आयुर्वेदशास्त्र अनुसार शरीरमा अग्नितत्व (तातो ) र जलतत्व (चिसो)लाई सन्तुलन गर्ने प्रक्रियालार्ई बुझाउँछ । आयुर्वेदमा मंगल भन्नाले अग्निमा जठराग्नि स्थानमा पर्दछ ।

जठराग्नि लाई पाचन शक्तिको रुपमा व्याख्या गरिएको पाईन्छ । यसरी हेर्दा शरीरमा खानालाई पचाउन सक्ने क्षमतालाई बुझ्न सकिन्छ । आधुनिक चिकित्सा र आर्युवेद अनुसार पित्त कसरी बढ्छ त ?

१. मानसिक तनाब र रिस अत्याधिकले

२. चटपटे खाना, मसालेदार खाना र धेरै पिरो खानाले ३. चिल्लोपना भएको खाना अधिक मात्रामा खानाले

४. माछामासु धेरै सेवन गर्नाले

५. अधिक यौन सम्पर्क गर्नाले आदि कारणले पित्त बढ्ने गर्छ । पित्त बढेमा शरिरमा गर्मीपनको वृद्धि, श्वास प्रश्वासमा समस्या अर्थात् शरीरमा अक्सिजनको कमि हुने, पाचन शक्ति क्षीण हुने, शरिर पोल्ने वा जलन हुने, ज्वरो बढ्ने, शरिरमा तापक्रम वद्धि भई पानीको कमि हुने, स्वाद थाहा नहुने आदि साराशंमा भन्नुपर्दा पित्त को मात्रा तलमाथि भयो भने कोरोना हुन जान्छ अर्थात पित्तको मात्रा गडबढ हुनु नै मंगल ग्रह खराब हुनु हो ।

मंगल ग्रहका खराब भएका कारण कोरोना परिक्षण सकारात्मक हुन सक्छ वा कोरोना रोगको लक्षण देखा पर्न जान्छ । यदि कुनै व्यक्तिको जन्म कुण्डलीमा मंगल ग्रह विपरित भएर बस्छ, मंगल शत्रु घरमा बस्छ, नीचो भएर बस्छ, मंगल ग्रहसँग खराब ग्रहहरु बस्छन् भने मंगल ग्रह खराब हुन जान्छ । मंगल ग्रहको सुधारका लागि मंगल ग्रह सँग सम्बन्धित घ्यू, मसुरको दाल, तामाको भाँडामा जल सेवन, चाकु, गुड, कागती, अलैची, अदुवा, मरिच, खयर र आँक ( श्रोत: मुहुर्त चिन्तामणि, सारावली, विभिन्न पंचाङ्गहरु, भारतीय ज्योतिष ) अझै ग्रह समिधा मा जाने हो भने मंगल ग्रहको समिधा खयर हो । पहिले मान्छेहरु पाचन शक्ति बढाउन खयरको चिया खाने गर्थे ।

ठीक त्यसैगरी मंगल ग्रहलाई फलदायी वा तपाईको पाचन शक्ति बढाउनु छ भने घ्यूू, मसुरको दाल, तामाको भाँडा जल सेवन,चाकु, गुड, कागती, अलैची, अदुवा, मरिचको मात्रा मिलाएर खाने मंगल ग्रहले केही हदसम्म तपाईलाई कोरोना रोग लाग्नबाट बचाउँछ । कोरोना लागेको छ भने केही रुपमा उपर उल्लेखित वस्तुहरुको मात्रा मिलाएर सेवन गर्न सकेमा कोरोना रोग कम हुदै जानेछ । आयुर्वेदमा मसुरको दाल,चाकु, ध्यू, गुड, कागती, अलैची, अदुवा, मरिच यि वस्तुलाई दैनिक जीवनमा प्रयोग गर्न सकेमा कोरोना रोगबाट जोगिन सकिन्छ ।

मसुरको दाललाई अधिक रसयुक्त बनाएर खाने, नियमित उपयुक्त समयमा गुड १० ग्राम सँग १ गिलास पानी खाने , कागती पानी खाना सँग वा चिया बनाएर अदुवा, अलैची, मरिच मिश्रित काडापानी खान सकेमा तपाइको पाचनतन्त्रमा सुधार हुन जान्छ । आँकको चुर्ण सेवनले पेट, छाला, श्वास, अपच आदिमा सुधार ल्याउँछ । यस्ता श्रोतहरु ( गुणमा तित्त, शुण्ठी पित्तबर्धक,उष्ण ) मांसपेसीलाई लाभ गर्ने, पाचन प्रणालीलाई मजबुत बनाउँछ । ¬ ( श्रोत ः द्रव्य गुण विज्ञान, आयुर्वेद दिग्दर्शन , रस विज्ञान ) तामाको भाँडा मा खाना खानाले शरीरको ब्याक्टेरिया, भाइरस नष्ट गर्ने गर्दछ । अझै भनौ भने तामाको भाँडा पानी रातभर राखेर बिहान खाली पेटमा खाएमा तपाईको पाचन शक्ति बढ्ने कुरालाई आधुनिक विज्ञानले प्रमाणित गरिसकेको छ । ( समग्र श्रोतहरुः ज्योतिषतत्वाङ्क, आयुर्वेद कक्षा ९ र १०, गीता माधुर्य, डा.नारायणदत्त श्रीमालीको भारतीय ज्योतिष, मुहुर्त चिन्तामणि )

युवा ज्योतिष पं. बेद प्रकाश उपाध्याय धनगढी, कैलाली

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...